कञ्चनपुर, २४ जेठ कञ्चनपुरको भीमदत्त नगरपालिका तिलाचौरका युवाहरुले मदिरा तथा जुवातास नियन्त्रण अभियान सुरु गरेका छन् ।अवैध मदिरा कारोबार र जुवातासले समाजमा विकृति फैलिएपछि तिलाचौरस्थित पशुपति युनेस्को क्लबले अभियान सुरु गरेको हो । क्लबका अध्यक्ष बलराम सार्कीले अनुमतिबिना गाउँमा बिक्री हुने मदिरा र सार्वजनिक स्थानहरुमा जथाभावी खेलिने जुवातासका कारण विकृति बढेपछि नियन्त्रणका लागि अभियान थालिएको बताउनुभयो ।उहाँले आन्तरिक राजस्व कार्यालय, प्रहरी, राजनीतिक दल र समाजका अगुवासँग छलफल गरी थालिएको अभियान मदिरा र जुवा नियन्त्रण नभएसम्म जारी रहने छ भन्नुभयो ।
जिमुवा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामबहादुर सिंहले श्रीमान्ले रक्सी सेवन गरी कुटेको भन्दै दैनिक तीन–चारजना महिला प्रहरी चौकी आउँछन्, यसले घरपरिवार खलबलिएको बताउनुभयो ।
आन्तरिक राजस्व कार्यालयका अनुसार जिल्लामा ५७२ जनाले मदिरा बिक्रीका लागि अनुमतिपत्र लिएका छन् । कार्यालयका कर अधिकृत टेकबहादुर केसीले अनुमतिबिना मदिरा कारोबार गर्नेलाई कानुनी कारबाही हुने बताउनुभयो ।
कञ्चनपुरलाई २०५२ सालमा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यसपछि मदिराको कालोबजारी बढेपछि राजनीतिक दल, नागरिक समाज, अधिकारकर्मी र व्यवसायीको सहमतिमा व्यवस्थित हुनेगरी कारोबार सुरु गरिएको थियो । अन्तःशुल्क ऐन र मदिरा ऐनअन्तर्गत कारोबारलाई व्यवस्थित बनाउन २०६३ सालमा मदिरा नियन्त्रण एवम् अनुगमन आचारसंहिता लागू गरिएको थियो ।रासस

0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।