Monday, July 22, 2013

राहत बाढ्न पूर्व युवराज्ञी हिमानी कैलालीमा,पूर्वराजा रानी भोलि जाने


himanifrontधनगढी, ६ साउन । सुदूरपश्चिमाञ्चलका बाढी पीडितलाई राहत वितरण गर्न पूर्व युवराज्ञी हिमानी शाह आइतबार यहाँ पुग्नुभएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पनि भोलि यहाँ आउनुहुने ललित जोशीले बताउनुभयो ।बाढी पीडितलाई राहत वितरण गर्न ‘हिमानी ट्रस्ट’ मा सङ्कलन भएको करिब ३९ लाखसहितको राहत सामग्री सुदूरपश्चिमका बाढी पीडितलाई वितरण गर्न लागिएको बताइएको छ ।
धनगढीको मुख्य बजारबाट हिमानी शाह आफू बस्ने होटल रुबसमा पैदल पुगेकी थिईन। होटलमा समेत ठूलो संख्यामा उपस्थित समर्थकले हिमानी शाहको स्वागत गरेका थिए। हिमानीसँगै छोरा र एक छोरी धनगढी पुगेका छन्। भोलि बाढी पीडितका लागि राहत बितरण गर्न पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल शाह धनगढी पुग्ने कार्यक्रम रहेको छ। पूर्व राजपरिवारका सदस्यहरु कैलाली, कञ्चनपुर र दार्चुलामा करिव दश दिन बस्ने बताईएको छ।


1 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।