Friday, August 16, 2013

दोदोधरा चाँदनी पुल हल्लियो, स्थानीयवासी चिन्तित

कञ्चनपुरको दोधारा–चाँदनी गाविसलाई जोड्ने एशियाकै दोस्रो लामो झोलुङ्गे पुल मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ । महाकाली पारीका यि दुई गाविसलाई सदरमुकाम महेन्द्रनगरसित जोड्न झोलुङ्गे पुल निर्माण गरिएको हो । झण्डै डेढ किलोमिटर लामो झोलुङ्गे पुल बनेपछि दोधारा र चाँदनी गाविसका वासिन्दा जिल्लाका अन्य भुभागमा सजिलै संग आउ–जाउ गर्न सक्ने भएका छन् । पैदल हिँड्न बनाइएको यो पुल भएर दैनिक सयौं मोटर साइकल कुदाउने गरिएको छ । अहिले उक्त पुल भारतवाट अवैध रुपमा माल सामान ढुवानी गर्ने मुख्य माद्यम बनेको छ । सयौं क्विन्टल गहुरुङ्गो सामान दैनिक ढुवानी गर्दा झोलुङ्गे पुल दिनप्रति दिन कमजोर बन्दै गएको छ । समयमै मर्मतसम्भार नगरिए चाँडै नै पुल ‘हल्लिदै’ महाकाली नदीमा बग्ने निश्चत छ ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।