Friday, August 16, 2013

भक्तपुरमा ग्यास निस्क्यो (फोटो फिचर)


भक्तपुर, श्रावण ३२ - बालकोटको रोज भिलेजबासीलाई वितरण गर्न खनिएको बोरिङबाट ग्यास निस्केको छ । ७ बर्षअघि खनिएको बोरिङमा मंगलबारदेखि ग्यास निस्केको हो ।
बोरिङबाट सोमबारसम्म पानीको सट्टा ग्यास निस्केको कामदारहरु बताउँछन् । पानी आउन छाडेपछि बस्तीका ७० घरका बासिन्दा ट्याक्करबाट पानी किनेर खान थालेका छन् ।
जमिनमुनीबाट निस्केको ग्यास पाइप लगाएर स्थानीयले परिक्षण गर्दा बलेपछि वरीपरीको घरधनी त्रसित भएका छन् । बालकोट ३ मा रहेको रोजभिलेजको घर नम्बर ५ मा बस्दै आएका भीमप्रसाद सापकोटा ग्यासको कारण क्षति हुन सक्ने डरले रातभरी सुत्न नसकेको बताए ।
स्थानीय प्रहरीले खबर गरेपछि खानी विभागका अधिकारीहरु पनि अध्ययनका लागि शुक्रबार पुगेका थिए । विभागका सिनियर डिभिजन जिओलोजिष्ट दिनेश कुमार नापितले बोरिङबाट निस्केको ग्यास मिथेन भएको बताए । यो ग्यास सधै यही रुपमा आएमा पाइपबाट वितरण गर्न सकिने उनले बताए ।
दुई ५० मिटर गहिराइ रहेको बोरिङबाट ग्यास निस्केकोले स्थायी रुपमा हुन सक्ने उनले अनुमान गरे । प्रत्येक घरमा १ हजार लिटर वितरण  हुने उक्त बोरिङबाट दैनिक ७० देदि ८० हजार लिटर पानी तान्ने गरेको थियो थियो ।




प्रकाशित मिति: २०७० श्रावण ३२ ०४:३५
-  Source:Ekantipur

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।