पूर्वप्रधानमन्त्री मरिचमान सिंहका समर्थकहरूले मन्त्रिपरिषद्बाट दिने निर्णय भएको अन्तिम संस्कारका क्रममा प्रहरीको सम्मान नलिने बताउँदै नाराबाजी गरेपछि आर्यघाटबाट प्रहरी फिर्ता भएको छ ।
राजकीय सम्मान नदिएको विरोधमा उनको मलामीसहित समर्थकहरूले आर्यघाट परिसरमा प्रहरीको सम्मानसमेत फिर्ता गर्न दबाब दिएका थिए । प्रहरी फिर्ता गएपछि बल्ल साढे पाँच बजे उनको चितामा आगो लगाइएको छ ।
यसअघि सरकारले मरिचमान सिंहको उपचारका लागि दिएको पाँच लाख रुपैयाँसमेत नलिने निर्णय परिवारले गरेको थियो । प्रहरी फर्केपछि मरिचमानका मलामी तथा शुभचिन्तकहरूले पुरानो राष्ट्रगान ‘श्रीमान् गम्भीर नेपाली...’ गाएर उनको अन्तिम बिदाइ गरेका थिए ।
\
- Source Setopati
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।