काठमाडौं — छोरा कृष्णप्रसादको हत्यारालाई कारवाही गर्न माग राखेर आमरण अनसनमा बसेका गोरखा, फुजेलवासका नन्दप्रसाद र गंगामाया अधिकारीको आमरण अनशन तोडाइदिन एमाओवादी शीर्ष नेताहरुले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई आग्रह गरेका छन्। बिहान मन्त्रिपरिषद अध्यक्ष निवास बालुवाटार पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले हत्या अभियोगमा आफ्ना कार्यकर्ता पक्राउ नगर्न सरकारलाई चेतावनी दिएका थिए।
मन्त्रिपरिषद अध्यक्ष रेग्मी सहित गृहमन्त्री माधवप्रसाद घिमिरे, सञ्चारमन्त्री माधव पौडैल उपस्थित बैठकमा एमाओवादी अध्यक्ष दाहालले द्वन्द्व कालको घटनालाई अहिले बल्झाउनु शान्ति प्रक्रिया विपरित हुने बताए। 'सरकारले पक्राउ गर्न निर्देशन दिएका व्यक्ति पक्रनु शान्ति प्रक्रिया विपरित हुन्छ', दाहालको भनाइ उदृत गर्दै उनका स्वकिय सचिव चुडामणि शर्माले नागरिकन्युजसँग भने- 'पक्राउ गर्ने हो भने हामीलाई पक्राउ गर्नुहोस्, निर्देशन दिने हामी हौं।'
दाहालले आफ्ना कार्यकर्ता पक्राउ गरे आन्दोलनमा उत्रने समेत बताएका थिए। 'यो मुद्दा उठाए १४-१५ हजारका मुद्दा उठ्छन् त्यसैले बीचको बाटो खोजौं', दाहालले भनेका थिए। उनले द्वन्द्व कालका घटना बारे सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन गरी त्यही अनुसार कारवाही अघि बढाउनु पर्ने बताएका थिए।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।