Sunday, September 8, 2013

सुदूरपश्चिममा दाहालको पुतला दहन


महेन्द्रनगर- सुदूरपश्चिमका कञ्चनपुर र कैलालीलाई थरुहट प्रदेशमा राख्‍ने अभिव्यक्ति दिएको भन्दै अखण्ड सुदूरपश्चिम पार्टी नेपालले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पुतला दहन गरेको छ। अध्यक्ष दाहालले कैलालीको धनगढीमा आयोजना गरिएको एक सम्वाद कार्यक्रममा कञ्चनपुर र कैलालीलाई थरुहट प्रदेशमा राख्‍ने अभिव्यक्ति दिएको विरोधमा अखण्ड सुदूरपश्चिम पार्टीका कार्यकर्ताहरुले शनीवार साँझ दाहालको पुतला दहन गरेका हुन्।
Nagarik | Samsung Dashain Mahamela
'सुदूरका नागरिकहरुको आपसी सद्‍भाव, सामाजिक सहिष्णुता र भ्रातृत्वपूर्ण जिन्दगीमाथी धावा बोल्ने कुरा हामीलाई सह्य छैन' उक्त पार्टीद्वारा शनिबार जारी गरिएको विज्ञप्तीमा भनिएको छ। अखण्ड सुदूरपश्चिमविरोधी अभिव्यक्तिप्रति पार्टीले खेद व्यक्त गरेको पार्टीका प्रवक्ता हेमबाबु लेखकद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ। 'बाढीग्रस्त क्षेत्रको निरीक्षणको बहानामा सुदूरपश्चिमका जनताको सामाजिक, साम्प्रदायिक, जातीय र क्षेत्रीय अर्न्तसम्बन्ध खल्बल्याउने किसिमले दाहालले दिएको 'अखण्ड सुदूरपश्चिमविरोधी अभिव्यक्ति' को घोर निन्दा एवं भर्त्सना गर्दछ' विज्ञप्तीमा उल्लेख छ। दूरपश्चिमको बारेमा दाहालको सट्टा यही क्षेत्रका जनताले निर्णय गर्न मिल्ने कुरमा जोड दिइएको छ।

बाढीग्रस्त क्षेत्रको निरीक्षणको बहानामा सुदूरपश्चिमको भौगोलिक अखण्डता र यहाँका जनताको सम्बन्धमा चिसोपना ल्याउने अभिव्यक्ति फिर्ता लिदैं जनतासँग माफी माग्न अखण्ड सुदूरपश्चिम पार्टीले माग गरेको छ। सुदूरपश्चिम टुक्र्याउने अभिव्यक्ति दिए पार्टीले आन्दोलन र संघर्ष गर्ने प्रवक्ता लेखकले विज्ञप्तीमा उल्लेख गरेका छन्।

यसैबीच एनेकपा माओवादीका अध्यक्ष दाहाल बाढीग्रस्त क्षेत्रको निरिक्षण गर्ने क्रममा शनीवार कञ्चनपुरको दोधारा चाँदनी पुगेका थिए। निरीक्षणलगत्तै उनी धनगढी फर्केका छन्। 
Source: Nagriknews

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।