Thursday, September 5, 2013

८ वर्ष पछि नेपाल भारतसंग बिजयी हुदाको खुसीको उमङ्ग


२० भदौ, काठमाण्डौ । डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गर्दै नेपाल आठौँ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बिहीवार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा चिरप्रतिद्वन्दी भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालका लागि अनिल गुरुङले खेलको ६९ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाउदै घरेलु समर्थकलाई उत्साहित बनाए । यस्तै खेलको ८९ औँ मिनेटमा रविन श्रेष्ठको सटिक पासमा जुमनु राईले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाए । तर अतिरिक्त समयमा भारतका लागि रजिव सिंहले गोल गरेपनि टोलीलाई हारवाट जोगाउन सकेनन् । सन् २००५ मा भएको एएफसी च्याम्पियनसिप फुटबलमा नेपालले भारतलाई ३-० गोल अन्तरले पराजित गरेयता भारतलाई हराउन सकेको थिए । नेपालले आठ वर्षपछि भारतलाई हराउँदा दशरथ रंगशालामा उपस्थिति करिव १८ हजार घरेलु दर्शक निकै उत्साहित  देखिएका थिए ।














Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।