Wednesday, January 1, 2014

क्यालिफोर्नियामा विश्व साईकल यात्री शेर्पा सम्मानित


न्युयोर्क, पुस १५ - भगवान गौतम बुद्वको शान्ति सन्देश र वातावरण संरक्षणको सन्देश संसारभरी  पुर्‍याउने उदेश्यका साथ विश्व साईकल यात्रामा निस्किएका विश्व साईकलयात्री फुर्तेम्बा शेर्पाको यात्राले १० बर्ष पूरा गरेको उपलक्ष्यमा हिमालय शेर्पा क्लब सोनोमा, क्यालिफोनिर्याले हालै शेर्पालाई विशेष सम्मान गरिएको छ । शेर्पाले सन् २००३ डिसेम्बर २५ मा आफनो साईकल यात्रा सुरु गरेका थिए । दश बर्षको दौरान शेर्पाले एक सय देशको भ्रमण पूरा गरेका छन् ।
हिमालय शेर्पा क्लबका अध्यक्ष निमा शेर्पाको संयोजकत्वमा सम्पन्न सम्मान कार्यक्रममा सोनोमामा रहेका आप्रवासी नेपालीहरुको बाक्लो उपस्थिति थियो ।
सम्मान कार्यक्रममा बोल्दै साईकल यात्री शेर्पाले यात्राको मुख्य उदेश्य शान्ति सन्देश र वातावरण संरक्षण रहेको उल्लेख गर्दै आफूले यात्रा गर्ने देशका उच्च पदस्थ अधिकारीहरुलाई भेटी सगरमाथाको तस्विर र खादा उपहार प्रदान गर्ने गरेको बताए । संसारभरिका व्यक्तिहरुलाई खादा उपहार प्रदान गर्ने शेर्पालाई यसपटक भने हिमालयन क्लबका सदस्यहरुले खादा लगाई सम्मान गरेका थिए । कार्य    क्रममा साईकलात्री फुर्तेम्बाले यात्राको भिडियो, तस्विर प्रस्तुत गर्नुको साथै १०० देश यात्रा गर्दाको अनुभव बाँडेका थिए । सो अवसरमा फुर्तेम्बा शेर्पाको साहस र धैर्यताको कदर गर्दे खादासहित उनलाई  आथिर्क सहयोग प्रदान गरिएको थियो ।
साईकलयात्रा बाहेक शेर्पा, आफ्नै नाममा स्थापना गरेको फुर्तेम्बा शेर्पा फाउन्डेसनमार्फत सामाजिक कार्यक्रममा समेत संलग्न रहेका छन् । यात्राको दौरान विभिन्न संघ संस्थाहरु एवम व्यक्तिहरुबाट पाएको आर्थिक सहयोगको केहि अंश उनले नेपालमा विपन्न बालबालीकाको शिक्षाको लागी प्रदान गरेका छन भने फाउनडेसनले हालसम्म विपन्न तथा फरक क्षमता भएका व्यक्तिहरुलाई ३२ वटा व्हीलचियर समेत वितरण गरेको छ । कार्यक्रममा उपस्थित नेपालीहरुले शेर्पाको सामाजीक कार्यको प्रशंसा गर्दै फुर्तेम्बा शेर्पा फाउन्डेसनलाई व्हीलचियर सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरेका थिए ।
समाजसेवी छिरिङग शेर्पा, शेर्पा किदुगका अध्यक्ष आङग छिरिङग शेर्पा, नेवारी संस्थाको अध्यक्ष नारायण श्रेष्ठ तथा दिकेन्द्र मास्के, वाङगदि छिरिङग शेर्पा, पुर्ण शेर्पा लगाएत उपस्थित नेपालीहरुले शेर्पालाई शुभकामना दिएका थिए ।
 

प्रकाशित मिति: २०७० पुस १५ १२:०७


0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।