Wednesday, January 1, 2014

सुर्खेतमा यसरी देखाइँदैछ झाँकी (फोटोफिचर)

समृद्ध मध्यपश्चिम

२०७० पुष ६ गते १५:५५ मा प्रकाशित
शब्द/तस्विर:भरतबन्धु थापा
६ पुस, सुर्खेत । मध्यपश्चिको सदरमुकाम सुर्खेतमा यतिबेला पर्यटकीय एवं व्यापारिक मेला भइरहेको छ । मेलामा रोचक सांस्कृतिक झाँकीहरु हेर्न पाइन्छ । सुर्खेतमा थारु संस्कृतिदेखि हिमालमा पाइने जातिहरुको समेत बसोबास रहेको छ । विशेष गरी कर्णाली र भेरी अञ्चलका अधिकांश जिल्लाबाट बसाइँ सरेर मानिसहरु सुर्खेत जिल्ला झर्ने गर्छन् । हिमाली भेग डोल्पा, हुम्लालगायत जिल्लाबाट चिसो समयमा कतिपय मानिसहरु सुर्खेत र्झछन् भने गर्मी समयमा उनीहरुको बसोबास आफ्नै जन्मथलोमा फर्कन्छन् ।
सुर्खेतमा पर्यटकीयस्थलका रुपमा दोस्रो लुम्बिनीका नामले प्रख्यात काँक्रेविहार, देउती बज्यै, बुलबुले ताल रहेका छन् । त्यसैगरी सुर्खेत मानसरोवर, डोल्पा, रारा, जुम्लालगायत मध्यपश्चिमको गन्तव्यको ढोका पनि हो ।
surkhet1
पर्यटकीय हिसाबले सुर्खेतको काँक्रेविहार दोस्रो लुम्बिनीका रुपमा परिचित छ । लाटीकोइली गाविसमा पर्ने घना जंगलमा निमार्णधीन अवस्थामा रहेको काँक्रेविहार बौद्ध शैली कि हिन्दु शैलीमा निर्माण गर्ने भन्ने विवादका कारण रोकिएको छ । सो मन्दिरमा भेटिएका मूर्तिहरु तथा ढुंगे चित्रहरु हिन्दु, बौद्ध दुबै रहेका कारण विवादजटिल बनेको छ । सुर्खेतमा सुर्खेत गढी, देउती बज्यै, बुलबुले ताल, घण्टाघर लगायत पर्यटकीयस्थल रहेका छन् ।
तत्कालीन राजा वीरेन्द्र जब सुर्खेत पुगे, उनलेे सुर्खेतलाई ६ महिना नेपालको राजधानी बनाउने योजना बनाए । तर, देशमा प्रजातन्त्रको आगमन पश्चात सो योजना पनि हावामै समाप्त भयो । राजा वीरेन्द्रले ल्याएको त्यो प्रस्तावबाट पनि थाहा हुन्छ कि मध्यपश्चिमको सुर्खेत अत्यन्तै महत्वपूर्ण छ ।
सुर्खेतलाई भेरी तथा कर्णालीको व्यापारिक केन्द्रका रुपमा मात्र नभएर पर्यटकीय रुपले समेत प्रख्यात बनाउन अहिले उद्योग बाणिज्य संघ सुर्खेत लागिपरेको हो । मंसिरको अन्तिम सातादेखि पौष ७ गतेसम्म ब्यापार तथा पर्यटन मेलाको आयोजना गरिएको छ । यसक्रममा देखिएका केही दृश्य यस्ता छन्-
surkhet2
surkhet3
surkhet4
surkhet5
surkhet7
surkhet8
surkhet-9
surkhet10
 Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।