शब्द/तस्वीर : उपन कार्की
आँखाले नभ्याउँदासम्म बालुवा र गिटी मिसाएर बनाएको जस्तो बाटो । धेरै टाढासम्म हेर्दा पनि नभिटेने रुख विरुवा । हेर्दा मरुभूमी जस्तो लाग्ने तर त्यसको आन्नद भने फरक । यो हो लोमाङथाङ जाँदाको भौगोलिक वाताबरण । विश्वमा ट्राभल गर्नका लागि आग्रह गर्ने लोन्ली पलानेटले समेत विश्वका उत्कृष्ट दश स्थान मध्यमा पारेको स्थान हो माथिल्लो मुस्ताङ ।
माथिल्लो मुस्ताङमा साइकलमा जानका लागि पोखरादेखि जोमसोमसम्म हवाईजहाज यात्रा गरेर अर्थात म्याग्दीको बेनीदेखि साइकल यात्रा सुरु गर्न सकिन्छ । जोमसोमदेखि माथिल्लो मुस्ताङसम्म पुगेर पुनः जोमसमसम्म आइ पुग्नका लागि दश दिनको समय उपयुक्त रहेको हुन्छ । माथिल्लो मुस्ताङसम्म साइकलमा यात्रा गर्न लागि ४ हजार २ सय मिटरको सबै भन्दा उचाई पार गर्नु पर्ने हुन्छ ।
समुन्द्रीक सतहबाट ३ हजार ८ सय मिटरको उचाईमा अवस्थित माथिल्लो मुस्ताङमा समेत बास बस्नु पर्ने भएकाले लेक लाग्ने समेत सम्भावना रहेको हुन्छ । यो रुट साइकलमा यात्रा गर्नका लागि मल्टी जिप ट्याक रहेको छ । केही स्थानमा साइकल समेत बोक्नु पर्ने हुन्छ । माथिल्लो मुस्ताङ यात्राको क्रममा यहाँको प्राकृतिक सौन्दर्यका साथै तिब्बतीयन संस्कृति, गुफा, गुम्बाको समेत अवलोकन गर्न पाइन्छ ।
Source: Onlinekhabar
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।