Wednesday, January 1, 2014

सय देशको साइकल यात्रा पुरा गरे फुर्तेम्बाले


furtemba sherpa
-आङछिरिङ शेर्पा/न्युयोर्क-

'विश्वमा शान्ति होस, सबैले वातवारण जोगाऔं' भन्ने नाराका साथ विश्व साइकल यात्रामा निस्केका फुर्तेम्बा शेर्पा सय देश पुगिसकेका छन् । दस वर्षको अवधिमा उनले सय देशको यात्रा तय गरेका हुन् । 

पछिल्लोपटक अफ्रिकी मुलुकको भ्रमण सकेर फुर्तेम्बा न्युयोर्क आइपुगेका छन् । न्युयोर्कमा उनी एक दशक लामो साइकल यात्रा अनुभव सुनाउन व्यस्त छन् ।

'सबैको माया र सहयोगले सय देशको सफल यात्रा गर्न पाउदाँ निकै खुसी लागिरहेको छ,' विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाले एभरेस्ट टाइम्सलाई भने, 'यही उत्साहले अब बाँकी ५१ देशमा पुग्नेछु ।'
उनी न्युयोर्क हुदैं चाडंै क्यानाडा र बेलायतमा पनि यात्रा अनुभव सुनाउन जादैंछन ।

त्यसपछि आगामी फेब्रुवरीमा आफ्नै परिवारलाई यात्रा अनुभव सुनाउन उनी नेपाल पुग्नेछन् । यात्रामा निस्केयता पाँच वर्ष अघि उनी परिवार भेट्न नेपाल पुगेका थिए । दुई छोरी र श्रीमती भेट्न नेपाल पुग्ने भएपछि उनी निकै खुसी छन् । भन्छन्, '५ वर्ष पछि यस पटक भेटन जान पाउने भएको छु, निकै खुसी लागिरहेको छ ।'

विश्व यात्रा थालेयता विश्वका कैयों चर्चित व्यक्तित्वसँगै भेटेको अनुभव छ फुर्तेम्बासँग । विभिन्न देशका १ सय ३२ मेयर र ४ दर्जन जति वातवारण र खेलकुद मन्त्रीलाई भेटने अवसर पाएको उनले सुनाए । भेटमा नेपालको परिचय दिनका साथै आफ्नो सन्देश सुनाउने मौका मिलेका थिए फुर्तेम्बाले बताए । उनले सबैभन्दा बढी अफ्रिकी मुलुकमा मात्र ३२ जना मेयरहरुलाई भेटेका थिए ।


जुनै देशमा पुग्दा पनि त्यहाँ रहेका नेपालीहरुले सहयोग र माया यात्राको भरोसा भएको सम्झन्छन् । 'जुनै देशमा पनि नेपालीले आ–आफ्नै ठाउँबाट उतिकै सहयोग गरेका छन्, जुन म कहिल्यै विर्सन सक्दिनँ,' फुर्तेम्बाले भने । फुर्तेम्बाले यात्राको क्रममा साइकलको अगाडीतिर नेपाल र बुद्धको झन्डामा साइकलपछितिर आफुले यात्रा गरेको एक सय देशको झन्डा बोक्ने गरेका छन् ।
furtemba

'म जहाँपुगेपनि सबैभन्दा पहिला सम्बन्धित देशको नगर प्रमुख र स्थानीय सञ्चारकर्मीलाई भेटेपछि झन्डा लिएर यात्रा गदै आएको छु,' उनले भने । फुर्तेम्बाले साइकलमा मात्र होइन शरीरमा लगाएको टिसर्टमा समेत आफुले यात्रा गरिसकेको १ सय देशको झन्डा राखेका छन् । ८० किलोमिटरदेखि १ सय २० किलोमिटरको दुरीमा साइकल कुदाउदैं आएका फुर्तेम्बाले यो अवधिमा ७ वटा साइकल फेरिसकेका छन् र ३ वटा पाल फटाइसकेका छन् । नेपाललाई बुद्ध जन्मस्थल र सगरमाथाको देशको परिचय दिदैं विश्व शान्ति र वातवारणा जर्गेनाको सन्देश दिदै हिडेका छन् । 


शान्ति र सद्भावको यात्रामा निस्केसँगै विश्व माझ नेपालको पर्यटन प्रर्वद्धनलाई सघाएका छन् फुर्तेम्बाले । यात्राको शुरुवातपछि नेपालको सामाजिक क्षेत्रमा केही सहयोग गरौं भन्ने लक्ष्यका साथ उनको आफ्नै नामबाट फुर्तेम्बा शेर्पा फाउन्डेसन नामक सामाजिक संस्था समेत स्थापना गरेका छन् । त्यही संस्थाले केही वर्ष अघि आनन्द वन अस्पतालका अपांग बिरामीहरुलाई ३० वटा ह्विलचेयर प्रदान गरेको थियो ।

उनले विश्व भ्रमण गर्ने क्रममा अरुले दिएको सहयोग रकम जोहो गर्दै फाउन्डेसनको उद्देश्य प्राप्तिका लागी सदुपयोग गर्दै आएका छन । 'आफु साइकल यात्रा गर्दा हिडडुल गर्न नसक्नेहरुको हितमा केही गरौं भन्ने उद्देश्यका साथ फाउन्डेसनबाट ह्विल चेयर सहयोग गरेको हो' फुर्तेम्बाले बताए । अबको उनको लक्ष्य हो, ७ वर्षभित्र ५१ देश पुग्ने । नेपालबाट फर्केपछि अफ्रिकी मुलुकको केही देशहरुसँगै, युरोप, एसिया र अरेवियन मुलुकहरुको यात्रा गर्ने भएको छ । 'यात्राकै अनुभव गर्दा शुरुमा तीन वटा मात्र देश घुम्दा धेरै घुमे जस्तो लाग्थ्यो तर अहिले त एक सय देश गुमेर पनि धेरै जस्तो त लागेको छैन,' फुर्तेम्बाले भने, ' विश्व साइकल यात्रा हिजो पनि कठिन थियो अझैपनि यात्राहरु कठिन छ तैपनि पुरा गर्छु भन्ने आत्माविश्वास बढेको छ ।' भारत हुदंै विश्व साइकल यात्रा शूरु गरेको फुर्तेम्बाले सन २०२० को डिसेम्बरमा चीनलाई अन्तिम गन्तव्य बनाएर १ सय ५१ देशको यात्रा पुरा गर्ने योजना बनाएको छ ।
furtemba tshirt
विश्व साइकल यात्रामा फुर्तेम्बालाई लुटनुको साथै पानीले बगाए ।
विश्व साइकल यात्राको क्रममा फुर्तेम्बा नाइजेरियामा लुटीएको थियो । लाइबेरियामा पानीले बगाएको थियो । ती दुखकष्टका साथ उनको यात्रा अवधीमा नेपाल सरकारले समयमा पासपोर्ट उपलब्ध नगराएपछि यात्रा निकै ढिलाई भएको दुखेसो पोखेका छन । उनले सय देशको यात्रा सकेर न्युयोर्क आएपछि सञ्चारकर्मि माझ सुनाएको अनुभव । 
अहिलेसम्म धेरै मुलुकको यात्रा गरे तर गत जुलाईको ३ तारिख नाइजेरियामा मेरो साथमा रहेको खर्च र सरसामानहरु लुटीदा मलाई निकै दुखित बनायो । जुन महिनाको २९ तारिखमा भेटेको दुई जना व्यक्तिहरु अचानक जुलाईकेा ३ तारिख मैले यात्रा गरिरहेको बेला भेट भयो । उनीहरु मोटरसाइकल चढेर आइरहेकेा थियो । तिनिहरुले मलाई सोध्यो तिमीले मलाई चिन्यो ? म एकछिन अलमल्लमा परे । नाइजेरियाका मान्छेहरु सवै उस्तै झै लाग्थ्यो । त्यसमा पनि यात्रा गरिरहदा मैले दैनिक एक हजार जना जस्तो मान्छेहरुसग भेटिन्थ्यो । तर मैले पनि चिने झै गरे मैले हो तिमीलाई अस्ति भेट भएको बताएका थिए । उनीहरु छेउछाउमा थियो म वीचमा थियो । पछि लागीरहेको उनीहरुलाई देख्दा मनमा कतिखेर छुटने होला भनेर मनमा लागीरहेको थियो । तैपनि उनीहरुले मलाई छाडदै छाडेन । निकै परसम्म लामो बाटो संगै हिडिरहे । समथरको कुदाईपछि अचानक उकालो बाटो आइपुग्यो । त्यो उकालोमा कुदाउन अलि कठिन भइरहेको थियो । मैले एक छिन आराम गरेर सौचालय गएजस्तो नाटकका लागी बस्न खोजे । तर उनीहरु अघि बडनै मानेन । त्यतिखेर उनीहरु पनि आराम गरे जस्तै गरि केही खानेकुरा झिकेर खान थाल्यो । उनीहरु मेरो नजिकै आएर तिमीले यो खानेकुरा कहिले चाखेको छ ? भनेर सोध्यो । मैले छैन भने । त्यसपछि उनीहरुले खाइहेर फरक स्वाद पाउछ भन्यो । उनीहरुले गरेको अनुरोधलाई अस्वीकार गर्न सकेन बाध्यताबस खाए । एक दुई गास खाएको स्वाद पाउनु पाएको थिएन एक्कासी मेरो सोच्ने शक्ति पुरै हराएछ । लट्टएिको दिमागले त्यतिखेर तिमीसग डलर छ ? भनेर सोधेको सुने । त्यसपछि मैले पनि छ भनेर देखाएछ । त्यति भनेपछि म कहा पुगे के गरे केही पनि पाएन । एकछिनपछि होस खुल्दा त साथको ६ सय डलर, क्यामरा र केही डकुमेन्टहरु पनि लगीसकेछ । त्यतिमात्र होइन साइकलको हावा समेत खोलीदिएछ । म त एकछिन छाङगाबाट खसे झै भयो । मनमा निकै पीर लाग्यो । अब कसरी जाने भनेर । लुटेरले डलर र सामान भन्दा पनि मुख्य कुरा डकुमेन्ट, फोटो र भिडियो लगीदिएर निकै खल्लो बनायो । त्यतिखेर हुने दिनमा बाटोमा चिया खानाका लागी गोप्यसगले राखेको नाइजेरियन पैसा बाकी राखेको रहेछ । त्यसको भरमा न्युयोर्कको सोनाम तेन्जी र टेक्सासको छिरिङलामालाई अनुरोध गरि उनहरुले पैसा राखीदिएर पो मेरो यात्रा अघि बडेको हो । त्यसपछि नाइजेरियामा मैले खबर सवैतिर पठाएपछि नाइजेरियनका एनआरएन डिएनथापा लगायतले त्यो दुखमा साथ दियो ।
त्यसपछि दुई महिना अघि अक्टुबरको ५ तारिखमा अर्को अपातमा पर्‍र्यो । त्यतिखेर लाइबेरियनमा थियो बषर्ा याममा दिनरात परेको मुसालेधारे पानीले बढाएको वाढीले मलाई बगायो । १० मिटर जति पर बगायो तर धन्न छेउछाउको रुख र साइकल नभएको भए सायद मलाई बगाएर बगाउथ्यो होला मन निकै दुख लाग्यो । त्यतिखेर मलाई आफनो नवालाक बच्चाको एकदम धेरै याद आयो । अब मेरो बच्चाले दुख पाउने भो भनेर निकै दुख लाग्यो तर हुनेदिनमा त्यो दुर्घटना हुन पाएन । त्यतिखेर म हराएको भनेर पाच दिनसम्म सम्बन्ध विच्छेद थिएको थियो । त्यहाको नेपालीहरु खोजीमा लाग्न तयार थियो । त्यतिखेर मेृरो सम्पर्कमा युएनमा कार्यरत उमेश पन्थी र शसस्त्र प्रहरीकेा एसपि गोपाल गुरुङ मात्र थियो । मेरो खबर नभएपछि उनीहरु सवै आत्तिएर नेपालतिर पनि परिवारलाई समेत खबर गर्न भ्याएछ । म बाचेर आएपछि म भन्दा पनि उमेश पन्थी सरनै धेरै खुसी हुनु भएछ । त्यतिखेर बच्चासगै आफुलाई जन्म दिने आमा र परिवारलाई पनि सम्झे । त्यो दिन ९ वटा खोलाहरु तरे । त्यसमा आफैले ४ वटा तरे भने ५ वटा अरुले तरिदियो । ज्यान त बाच्यो त्यतिखेरको यात्रामा पनि मेरो क्यामरा र कागजपत्रहरुमा पानी पसेर निकै नोक्सानी भयो । समग्रमा सन २०१३ को वर्षभरि मलाई जतासुकै दुख आइपुर्‍र्यो । त्यो पनि प्राय सवै अफि्रकीमुलुकमै भयो । अफि्रकामा पुगेर खतरानाक मलेरिया रोगले सताउनुको साथै शरिरको ३ ठाउमा पिलो आयो । आफनो सबै सरसामान नाइजेरियामा लुटयो अनि लाइबेरियामा झण्डै्र पानीले बगायो । मेरो यहासम्मको यात्रामा प्राविधिक रुपमा भिसा लिएर साइकल गदै जादा कतिपय देशमा पुग्दा भिसा लगाउने पासपोर्टको पानानै सकिएर पासपोर्ट समयमा नआउनले निकै दुख भोग्नु पर्‍र्यो । पासपोर्ट आउन ढिलाइ भएकोले गर्दानै हो नत्र मेरो सय देशको यात्रा गत दशै अगावै सकेर दशैमा परिवारलाई भेटन पाउथ्यो । म जहा जहा पुगेको सम्बन्धीत देशको कतिपय एम्बेसीले त सहयोग गरेको हो तर मेरो हातमा पासपोर्ट आइपुग्न ११ महिनासम्म लाग्यो । अब बाकी देशहरुमा यात्रा गर्दा समयमै पासपोर्ट बोकेर यात्रा गर्न पाउ भन्ने आशा गरेको छु । त्यसको लागी सम्बन्धीत निकायलाई म हार्दिक अनुरोध गर्दछु । मेरो यात्रामा सहयोग गर्नेहरु न्युयोर्कबाट लामा एकाउन्टेनटका नाम्गेल लामा,  सोनाम टि बरुवा, टेक्सासबाट पासाङ लामा, छिरिङ लामा मिनेसोटाबाट मणि राणा , कोलोराडोबाट शेर्पा हाउसका ल्हाक्पा शेर्पा र ङवाङकर्साङलाई र अमेरिका र अफि्रकाका विभिन्न संघ सस्थाहरुले उतिकै सहयोग पुर्‍याएकोमा म हार्दिक धन्यवाद दिन चाहान्छौ ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।