Wednesday, January 1, 2014

महाबु लेकबाट चिहाउँदा (फोटो फिचर)

शब्द/तस्वीर- भरतबन्धु थापा
महाबुको लेकबाट सैपाल हिमालको दृश्य हेर्नलाई जब अमृत भादगाउँले, अनुराग बासु र म पुग्यौं, तब महाबुको लेकलाई बादलले ढपक्कै ढाक्यो । ढुंगैढुंगाको बाटो भएर नाककै डाँडीजस्तो उकालो पार गरेर महाबुको लेक पुग्दा तगारो बन्यो बादल ।
कालीकोट र दैलेखको सीमानामा पर्ने महाबुको लेक दैलेखको सबैभन्दा उच्च स्थान हो । समुन्द्री सतहबाट ४ हजार मिटर भन्दा पनि उचाइमा रहेको महाबु लेक पहिला-पहिला यातायात सञ्चालन नहुँदा सुर्खेतबाट जुम्ला जाने मार्गको सबैभन्दा उच्च स्थानको कठिन गन्तव्य मानिन्छ ।
महाबुको लेकबाट अपी एवं सैपाल हिमालको मनोरम दृश्य मात्र नभएर मौसम सफा भएका बेला बर्दियाका फाँटहरुसमेत हेर्न सकिन्छ । महाबुको लेकमा महादेबको मन्दिरसमेत रहेको छ ।
1
महाबुको लेकमा जनै पुणिर्माको समयमा मेला लाग्ने गर्दछ । मेलामा जुम्ला, कालीकोट, दैलेख, सुर्खेत र बाँकेसम्मका भक्तजनहरु मेलामा आउने गर्दछन् । महाबुको लेकमा अवस्थित महादेवको दर्शन गरेपछि आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ ।
यतिबेला दैलेख र कालीकोटबाट महाबुतिर जाने मोटरबाटो खन्ने काम भइरहेको छ । निकै चाँडै नै यो बाटो जोडिएपछि महमबु लेकमा आन्तरिक पर्यटनको उल्लेखनीय उपलब्धि हुने छ ।
महाबु लेक
महाबु लेक
दैलेख जिल्ला पञ्चकोशी तीर्थस्थलका रुपले पनि प्रख्यात रहेको छ । पञ्चकोशी तीर्थस्थमा श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटिला पर्दछ । श्रीस्थानमा र नाभिस्थानमा ज्वाला रहेको छ । दैलेख नेपाली भाषाको पहिलो अभिलेख भएको जिल्ला पनि हो । तर, यसको उचित संरक्षण तथा प्रचार-प्रसार हुन नसक्दा सो अभिलेखले चर्चा पाउन सकेको छैन ।
नारायण नगरपालिको भुर्तीमा पर्ने बाइस देवलहरु पनि ऐतिहासिक रुपले निकै महत्वपूर्ण रहेका छन् । विश्व सम्पदासूचीको क वर्गमा परिसक्दा पनि स्थानीय तथा सरोकार निकाएको उचित पहल नहुँदा देवलहरु उचित संरक्षित हुन सकेका छैनन् । पुरातत्वले देवलहरुलाई काँडेतारले बेरे पनि देवलका ढुंगा यत्रतत्र छरिएका छन् भने केही ढुंगाहरु झरिसकेका छन् ।
3
महाबु लेक जाँदा बाटोमा फुलेका रगी विरगी फूलहरु
4
महाबु लेक जाँदा बाटोमा फुलेका रगी विरगी फूलहरु
5
महाबुलेक जोड्नका लागि खन्दै गरेको मोटरबाटो ।
6
महाबु लेक
7
महाबु लेकतर्फ जाँदै गरेका आन्तरिक पर्यटकहरु
8
महाबुको लेक पुगेपछि थकाइ मार्दै
9
महाबुको लेकमा फोटो खिच्दै
10
महाबु लेक परिसर
11
महाबुको फाँट
12
महाबु लेक भन्ज्याङबाट देखिएको महाबु लेक
13
नाभिस्थान ज्वाला
14
श्रीस्थान ज्वाला
15
भुर्तीका बाइस देवल
16
महाबु भन्ज्याङ
17
महाबु लेक जाँदा बाटोमा फुलेका रगी विरगी फूलहरु
- Source: Onlinekhabar

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।