शब्द/तस्वीरः भरतबन्धु थापा
चारैतिर जंगल, नजिकै हात्तीसार र रेन्जपोष्ट । रेन्जपोष्ट नजिकै टेण्ट । कुन् टेण्टमा को बस्ने भनेर मंसिरको चिसोमा आगो तापेर गन्थन गरिरहँदा धनगढीका पत्रकार दिपक उपाध्याय, योगेश रावल र दीर्घराज उपाध्याय टुपलुक्क आईपुगे । सुदूरपश्चिममा लामो सयम पत्रकारिता गरिसकेका दीर्घजी र दिपकजीको उपस्थितीले माहोल नै अर्कै बन्यो । वाईल्ड वेस्ट प्रोमोशनका लागि पश्चिम नेपाल यात्रामा निस्केका ६ जना पत्रकारहरुको अन्तिम स्थान थियो शुक्लाफाँटा वन्यजनु आरक्ष । पश्चिम नेपालकको प्रर्वद्धनका लागि निजी खर्चमा वर्षमा एकपटक पत्रकार लैजाने गरेका छन् रैका ट्राभल्स एन्ड टुरका प्रबन्ध निर्देशक अमर शाहीले ।
डोटीमा जन्मेका शाहीले पश्चिम नेपालको पर्यटन प्रर्वद्धनका लागि वर्षेनी केही न केही कार्यक्रम गरी रहेका हुन्छन् । शुक्लाफाँटा वन्यजन्तु आरक्ष पुगेका पत्रकारहरु एकघण्टाको जिप यात्रा गर्द फाट्टफुट्ट बाह्रसिंगे देख्दा निकै खुसी देखिन्थे, पत्रकारहरु सुरज कार्की, देवकी विष्ट र सन्दिप पौडेल । घाँस खाँदै घाम तापिरहेका बाह्रसिंगेलाई देख्दा पत्रकाहरु एकक्षण त अक्क न बन्न भए । दिनभर चरेर बासतर्फ जाने समयमा लाईन लागेर भेला भएका सयांैको संख्याका बाह्रसिंगेहरु आँखै अगाडि देख्दा निक्कै हषिर्त देखीन्थे पत्रकारहरु । पहिले पनि पुगिसकेका पत्रकार अमृत भादगाउँले पहिलो पटक शुक्लाफाँटा आउँदा बाह्रसिंगे हेर्न नपाएपछि यो पटक उनी फोटो खिच्न निकै आतुर थिए । उनी जब बाह्रसिंगेको बथान देख्थे तब सबैलाई छोडेर सबैभन्दा अगाडि गएर बाह्रसिंगेको तस्वीर कैद गर्न आतुर देखिन्थे । कसको पो मन नरामाउला, आँखै अगाडि सयौंको संख्यामा बाह्रसिंगेहरुको बथान देख्दा यस्तो दृश्य एनिमल प्लानेट र नेशनल ज्योग्राफी च्यानलमामात्र देखेका पत्रकाहरु आँखै अगाडि देख्दा उनीहरुले सपना ठानिरहेका थिए ।
शुक्लाफाँटा वन्यजन्तु आरक्ष बाह्रसिंगेको बथान हेर्नका लागि प्रख्यात मानिन्छ । यतिमात्र होइन यो आरक्ष जंगलसफारी र अन्य जनावरको अवलोकन गर्न पनि उपयुक्त मानिन्छ । मौसमले साथ दिए शुक्लाफाँटामा बाह्रसिंगेका साथै अन्य जनावरहरु पनि देख्न पाईन्छ । साँझमा यो आरक्षमा बाघ, खरायो, हात्ती, गैंडा लगायत जनावार र विभिन्न प्रजातिका चराहरु समेत हेर्न पाईन्छ । तर यी जनावर चरा हेर्न भने कि त भाग्यले साथ दिनुपर्दछ, कि त लामो समय प्रतिक्षा गर्नुपर्छ । बाह्रसिंगे हेर्न भने त्यति परिश्रम गर्नुनपर्ने बन्यजन्तु आरक्षणका कर्मचारीहरु बताउँछन् ।
फागुनदेखि जेठसम्मको समय बाह्रसिंगे हेर्न उपयुक्त मानिन्छ । अन्य समयमा पनि बाह्रसिंगे देख्न सकिने आरक्षका कर्मचारीहरुको भनाई छ । कन्चनपुरका होटल एव पर्यटन व्यवसायी परमानन्द भण्डारी महेन्द्रनगर नाका व्यवस्थित गर्नसके भारतीय पर्यटकको आगमनमा बृद्धि हुने बताउनुहुन्छ । यो नाका अहिले दिनमा विहान, दिउँसो र साँझसहित चार घण्टामात्रा हलुका सवारी साधानका लागि खुल्ने गरेको छ । शुक्लाफाँटामा जंगल यात्राका क्रममा मृगहरुको बथान आउने बाटोमै बँदेल र मयुरसमेत देख्न पाईन्छ । बाटामो देखिने बँदेल तथा अन्य चराहरुको आवाजले मनै आनन्दित पार्छ । जनावर अवलोकन गर्न वन्यजन्तु आरक्षले जंगल सफारी गर्ने बाटामा टावरहरु समेत निमार्ण गरेको छ ।
टावरबाट टाढासम्म जंगली जनावरहरु देख्न समेत सजिलो हुने गर्दछ भने जंगली जनावरसँग जम्काभेट भएमा बँच्नका लागि पनि टावरले सहयोग गर्ने गर्दछ । शुक्लाफाँटा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार आरक्षणमा बाह्रसिंगे २१ सय ७० वटा, बयस्क बाघ १७ वटा, ८ वटा गंैडा, २४ वटा हात्ती रहेका छन् । त्यसैगरी ४ सय २४ प्रजातिका चरा र ५३ प्रजातीका स्तनधारी जनावर समेत रहेका रेग्मी बताउँछन् ।
Source: Onlinekhabar
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।