Wednesday, January 15, 2014

धनगढी क्रिकेट एकेडेमीका खेलाडीहरुलाई निशुल्क बिमा

Dhangadhi cricket academy
धनगढी क्रिकेट एकेडेमी र एनएलजी ईन्स्योरेन्स कम्पनि लिमिटेडको सहयोगमा धनगढी क्रिकेट एकेडेमीमा अभ्यासका लागि आउने खेलाडीहरुको रु १ लाख बराबरको दुर्घटना बिमा गरीएको छ ।
सोमवार दिउसो भएको पत्रकार सम्मेलनका बिच एनएलजी इन्स्योरेन्स कम्पनी धनगढीका शाखा प्रबन्धक सुनील क्षेष्ठले विमाका कागजपत्रहरु धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीलाई हस्तान्तरण गर्नु भएको थियो ।
धनगढी क्रिकेट एकेडेमी र एनएलजी इन्स्योरेन्सको सहकार्यमा खेलाडीहरुबाट कुनै पनि रकम नलिईकन उक्त बिमा गरीएको हो । धनगढी क्रिकेट एकेडेमीमा भर्ना हुने सम्पूर्णले रु एक लाख बराबरको दुर्घटना बिमा निशुल्क पाउने छन , जसमध्य ४४ जनाले उक्त सुविधा पाईसकेका छन ।  कार्यक्रममा बोल्दै धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही तथा संस्थापक सदस्य महेश शाहले बिमा कम्पनिले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै धन्यवाद दिनु भएको थियो ।
निशुल्क आफ्नो बिमा गरीएकोमा एकेडेमीका खेलाडीहरु निकै खुशि तथा हर्षित भएका थिए । सम्झौता पछि एकेडेमीको कदमले एकेडेमीका खेलाडीहरुले क्रिकेट खेल्नमा थप बल प्रदान गरेको र धनगढी क्रिकेट एकेडेमीको यो कदमलाई स्वागत योग्य बताएका थिए ।

1 comments:

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।