धनगडी /माघ-२७
कैलालीको श्रीपुर गाविस स्याउलेमा ट्याक्टर दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक घाईते भएका छन् । से १ त ३१९१ नम्वरको ट्याक्टर हाटखोली जाने क्रममा चालकको दायापट्टिको व्यारेल भाँचिएर दुर्घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
दुर्घटनामा परि बेलादेवीपुर गाविस वडा नम्वर ३ बल्मीका १२ वर्षका चन्द्रबहादुर पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ट्याक्टरमा सवार चन्द्रबहादुर पुनका दाई १४ वर्षका विक्रम पुन घाईते भएका छन् ।
Source: Patrakar Khemraj Khanal
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।