धनगढी,पौष १०
विगत दुई महिनादेखि कैलालीका विभिन्न ठाउँमा लुटपाट गर्दै आएका ४ भारतीय हतियार सहित पक्राउ परेका छन् । सोमबार राती धनगढी नगरपालिका १२ जुगेडाका तारासिंह कुँवरको पसलमा चोरेर भारततिर जान लागेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको ब्यापक खोजबिन गरिरहेको थियो । सोमबार साढे तीनबजेतिर कुँवरको पसलमा चोरेर भाग्दै गरेको अवस्थामा जुगेडास्थित नेपाल–भारत सीमा नजिक हतियार सहित समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक १८ वर्षीय करमरुप राना, १७ वर्षीय रामगोपाल राना, १८ वर्षीय शिवकुमार राना र १९ वर्षीय राजु राना रहेका छन् । यी चारै जना भारतको लखिमपुर खिरीका वासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक बुडालले जानकारी दिनुभयो । लुटपाटका मुख्य योजनाकार टिल्लु राना भने लुटपाट गरेको पैसा सहित भागेको प्रहरी निरीक्षक बुडालले जानकारी दिनुभयो । प्रहरीलाई छलेर भाग्न सफल टिल्लु यसअघि ६ महिना जेल बसेर छुटेको बुझिएको छ ।
संविधानसभा निर्वाचन भन्दा अघिदेखि लुटपाट गर्दै आएका उनीहरुले योजनाबद्ध रुपमा गाडीका पाटपुर्जा, मोटर चोर्ने तथा घर र पसल फोडेर नगद, कम्प्युटर, गरगहना लगायत चोर्ने गरेको प्रहरीको भनाइ छ ।
Source : Patrakar Khemraj Khanal

Instagram Takipçi Satın Al
ReplyDeleteToptan Telefon Kılıfı
Resimli Magnet
Silivri Çatı Ustası
Çerkezköy Çatı Ustası
HEİ