Tuesday, February 11, 2014

सामुदायिक वनमा दुई युवती मृत अवस्थामा फेला


माघ २३ 

सामुदायिक बनमा दुई युवतीको शव फेला परेको छ । धनगढी नगरपालिका वडा नम्बर ४ मा धनगढी बजारसँगै जोडिएर रहेको शिवपुरी सामुदायिक वनमा दुई युवतीको शव फेला परेको हो । अन्दाजी २०–२२ वर्षका ती युवतीको शव करिब २० मिटरको फरकमा रहेको पाइएको छ ।प्रहरी उपरीक्षक मोहनराज जोशीका अनुसार एउटा शव भुइँमा लडिरहेको र अर्को सलले झुन्डिएको अवस्थामा भेटिएको थियो । स्थानीयले शव देखेर खबर गरेपछि अहिले प्रहरी टोली र स्थानीयवासीको टोली घटनास्थलमा भेला भएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दुवै मृतक को पहिचान खुल्न सकेको छैन।

Source: Patrakar Khemraj Khanal

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।