Tuesday, February 11, 2014

अछाममा नियम विपरित चलाईएका सवारीबाट २ लाख ६३ हजार राजस्व संकलन


अछाम,माघ २४ 

यस आर्थिक बर्ष अछाम जिल्लामा नियम विपरित चलाईएका सवारी साधनबाट २ लाख ६३ हजार राजस्व संकलन भएको छ । नियम विपरित चलाईएका ९ सय ५७ वटा सवारी साधन कारबाहीमा परी उक्त राजस्व संकल भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी दिपेन्द्रबहादुर शाहीले बताउनु भयो । यस आर्थिक बर्षको साउन महिना देखी अहिलेसम्ममा अछाम जिल्लाबाट बाहिरिने तथा भित्रिने सवारी साधन मध्ये नियम विपरित चलाईएका सवारी साधनबाट साउनमा २३ हजार १ सय, भाद्रमा २६ हजार ५ सय, असोजमा २७ हजार ८ सय, कार्तिकमा २५ हजार ४ सय, मंसिरमा ५९ हजार ६ सय, पुषमा ६७ हजार १ सय र माघ महिनाको अहिले सम्म ३३ हजार ५ सय राजस्व संकलन भएको हो । सबैभन्दा बढी पुष महिनामा बढी २ सय ४२ सवारी साधन कारबाहीमा परी ६७ हजार १ सय राजस्व संकल भएको छ । नियम विपरित चलाईएका मोटर साईकल, जिप, ट्याक्टर, बस तथा मिनीबस लगायतका रहेका ट्राफिक कार्यालय अछामले जनाएको छ । माघ महिनाको सुरु देखी अहिले सम्म १ सय २७ वटा सवारी साधन कारबाहीमा परेका बताईएको छ । लाईसेन्स बिलबुक साथमा नराख्ने, छतमा मान्छे राख्ने लगायतका नियम विपरित चलाईएका सवारी साधनलाई कारबाही गरेको डिएसपी शाहीले बताउनु भयो । पछिल्लो समयमा अछामका ४ वटा ठाँउमा ट्राफिक विट स्थापना भएसंगै चेकजाँच कडाई गरेपछि राजस्व संकलनमा बृद्धि भएको हो ।

Source: Patrakar Khemraj Khanal

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।