Tuesday, February 11, 2014

जंगलमा दुई युवतीको शव,उपहार र प्रेमपत्र भेटियो ।।


कैलाली/माघ २३-

धनगढी नगरपालिका–४ को शिवपुरी सामुदायिक जंगलमा बिहीबार अपरान्हृ दुई युवतीको लास भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कञ्चनपुर जिल्ला परासन(४ घर भएकी करिव २१ बर्ष उमेरकी पूर्णमिा बानियाँ र सोही उमेरकी कमला ओझाको शव भेटिएको हो ।
कमला ओझाको लास सानो रुखको हागामा झुन्डिएको अवस्थामा फेला परेको छ । खुट्टाले भुईं छोएको छ । उनको नजिक प्लाष्टिक ब्यागमा केही उपहार समान र प्रेमपत्र प्रहरीले फेला पारेको छ । शवभन्दा करिव ५ मिटरको दुरीमा बानियाँको शव भुईंमा ढलेको अवस्थामा फेला परेको छ ।
उनको स्थानमा सल्फास नामक बिषादी औषधि भेटिएको छ । अपरान्हृ ४ बजे बाख्रा चराउने एक १२ बर्षको बालकले शवलाई देखेपछि स्थानियबाट प्रहरीलाई खवर भएको थियो । पूर्णीमा शारदा उच्च माबिमा कक्षा १२ मा पढ्ने छात्रा हुन् । प्रहरीले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताएको छ ।


Source: Patrakar Khemraj Khanal

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।