File Photo of Nand Prasad Adhikari (source- myrepublica)
काठमाडौं, आश्विन ६ - वीर अस्पतालमा ११ महिनादेखि आमरण अनसनमा बसेका नन्दप्रसाद अधिकारीको सोमबार साँझ ५ बजे निधन भएको छ । छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै गोरखा फुजेलका नन्दप्रसाद पत्नी गंगामायाका साथ ३ सय ३३ दिनदेखि अस्पतालमै अनसन बसिरहेका थिए ।
०६१ सालमा तत्कालिन नेकपा माओवादीले १७ वर्षे छोराको अपरहण गरेर हत्या गरेको उनीहरुको आरोप छ । दम्पत्तीका छोरा कृष्णप्रसादलाई ०६१ जेठ २४ गते चितवनकोे बकुलर चोकमा हत्या गरिएको थियो । लामो समय अन्नपानी नखाइ अनसन बसेकाले गंगामायाको स्वास्थ्य अत्यन्तै गम्भीर छ ।
न्यायको माग गर्दै ०७० असारमा आमरण अनसन सुरु गरेका थिए । सरकारले ४ बुदे सम्झौता गरी न्याय दिलाउने प्रतिवद्धता देखाएपछि ४७ औं दिनमा उनीहरुले अनसन तोडेका थिए । तर सम्झौता पुरा नगरेको भन्दै उनीहरुले पुन ०७० कात्तिक ७ मा अनसन सुरु गरेका थिए जो टुट्नुअघि नै नन्दप्रसादको देहान्त भयो ।
अधिकारी दम्पत्तीको स्वास्थ्य अत्यन्तै गम्भीर भएको सुचना बाहिर आएपछि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश प्रकाश वस्तीको इजलाशले ६ महिनाअघि 'फोर्स फिडिङ' गराउन आदेश दिएको थियो । त्यसपछि मानव अधिकार आयोग, गृह मन्त्रालयका पदाधिकारीहरु वीर अस्पताल पुगी अनसन तोडाउने प्रयास गरेका थिए । तर अधिकारी दम्पत्तीले मानेनन् । गत भदौ १० मा मुख्य सचिव लिलामणी पौडेलले २४ घण्टाभित्र अनसन तोडाउन आदेश दिएका थिए ।
'त्यतिबेला नाकबाट पाइप लगाएर खुवाउने प्रयास गर्यौ,' मानव अधिकमारकर्मी तथा अधिकारी दम्पत्तीको घटना अनुसन्धानकर्मी रसना ढकालले भनिन्, 'पहिले आफु ठिक हुनुहोस् हामी न्याय दिलाइदिनेछौं भनेर निरन्तर अनुरोध गर्दा पनि उहाँहरुले मान्नुभएन । आखिरमा न्यायको पर्खाइमै उहाँको मृत्यु भयो ।'
अधिकारी दम्पत्तीको अवस्था गम्भीर भएपछि सोमबार मध्यान्नमा राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त सदस्य सुदिप पाठक, सुबोधराज प्याकुरेल, कनकमणी दीक्षित, रसना ढकाल, प्रधानमन्त्री कार्यालयका उपसचिव विनोद गौतमलगायत अस्पतालमा पुगी अधिकारी दम्पत्तीसंग भेट गरेका थिए । साथै उपचारमा संलग्न चिकित्सकसंग छलफल गरका थिए ।
छोराको हत्यापछि न्याय दिलाउन माग गर्दा फुजेलमा भएको घर जग्गा सम्पत्ति समेत ०६४ सालमा कब्जा गरेर लखेटेको अधिकारी दम्पत्तीले बताउँदै आएका थिए । छोराको हत्यामा जानुका पौडेल, छबिलाल पौडेल, बिष्णु तिवारी, परशुराम पौडेल, रामप्रसाद अधिकारी, बिष्णु तिवारी, कालीप्रसाद अधिकारी र बाबुराम अधिकारी गरी आठ जना संलग्न रहेको उनीहरुको आरोप छ । तर, प्रहरीको अनुसन्धानले हत्या गर्ने क्रममा तीन व्यक्ति मात्र थिए र ती मध्ये रुद्र आचार्य ले हत्या गरेको पत्ता लगाएको थियो । त्यस क्रममा रुद्र आचार्यको खोजी गर्दा बेलायतमा भएको पत्ता लागेपछि प्रहरीले इन्टरपोल मार्फत पक्राउको चिठी पठाएको अधिकारकर्मी ढकालले जानकारी दिइन् ।
तर, हालसम्म कसैलाई कारवाही नभएको भन्दै उनीहरुले अनसन तोड्न मानेका थिएनन् । यस घटनामा प्रहरीले अनुसन्धानसम्म नगरेको नन्दप्रसादले केही समयअघि गुनासो गरेका थिए । 'मर्नु परे यहि मर्छु, तर अपराधीलाई कारवाही नगरेसम्म अनसन तोडदन,' उनले दुई महिना अघि वीर अस्पतालको बेडबाटै भनेका थिए ।
०७० माघ २३ गते देखि प्रधानमन्त्री निवास बालुवाटार अगाडि अनसनमा बसेका अधिकारी दम्पत्तीलाई प्रहरीले मानसिक अवस्था खलबलिएको भन्दै पाटन मानसिक अस्पतालमा भर्नासमेत गराएको थियो । पछि अस्पतालले उनीहरुमा कुनै मानसिक समस्या नभएको भन्दै छाडिदिएको थियो । त्यसपछि अधिकारी दम्पती सिधै तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटार अघिल्तिर सडक पेटीमै अनसन बसेका थिए । अधिकारी दम्पत्तीलाई अक्सिजन र घाँटीमा प्वाल पारी पाइपबाट प्रोटिन दिएर चिकित्सकले बचाउँदै आएका थिए ।
Source: Ekantipur
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।