दीपक बिस्ट नेपालका खेलकूद का तारा
गर्व गर्छौ दीपक माथि सब नेपाली सारा
चार चार पटक स्वर्ण पदक साफ गेम मा ल्याय
एशियाड मा पनी उनले दुईटा कास्य पाए
ओलंपिक मा पनि उनले देशको झंडा बोके
नेपाली हु भन्दै सधै आफ्नो छाती ठोके
चंद्र सूर्य झण्डा लाइ बिश्वमा फराए
नेपाली र नेवाल को शीर उचो गराए
नेपाली खेलकुदमा ठुलो योगदान दिएका छन
आज उनले खेलकूद बाट संन्यास लिएका छन
देशको लागि उनले सधै जीउ ज्यान आफ्नो लाए
अनुशाषित खेलाडी हुन सफलता नी पाए
खेलादिको रोल मोडेल बन्दै ऊनि आए
कतिले त ऊनि बाटै हौसला नी पाए
खेलकूद बाट नेपाल को ठुलो सेवा लायो
खेलकूद बाटै नाम दाम सम्मान पनी पायो
एस्ता राम्रा खेलाडिको संन्यास को दिन आयो
एकके छीन त आफ्नो पनी मुटु कट्ट खायो
खेलाडिको जीवन बाट। संन्यास लिए पनी
देश को सेवा गर्ने नै छन प्रशिक्षकै बनीं
सिकाउने छन कला कौशल राम्रो राम्रो अनि
जन्माउलां आफू जस्तै खेलाडी लाइ पनी
खेलकूद बाटै दाम नाम जीवन साथी पायो
खेलकूद ले नै जीवनमा खुशियाली छायो
दीपक को जीवन भरी हर्ष उल्लास आवस
सुख शांति खुशियाली परिवार मा छवास
एस्तै अरु बीर सपूत नेपाल ले पावस
खेलकूद मा एस्तो तारा अझै पनी आवस
सुखी रहोस जीवन इनको एही चाहना छ
सफल रहोस जीवन इनको शुभ कामना छ
Poem by: Laxman Adhikari
'मभन्दा राम्रा खेलाडीहरु जन्माउन प्रशिक्षणमा लाग्छु'
गर्व गर्छौ दीपक माथि सब नेपाली सारा
चार चार पटक स्वर्ण पदक साफ गेम मा ल्याय
एशियाड मा पनी उनले दुईटा कास्य पाए
ओलंपिक मा पनि उनले देशको झंडा बोके
नेपाली हु भन्दै सधै आफ्नो छाती ठोके
चंद्र सूर्य झण्डा लाइ बिश्वमा फराए
नेपाली र नेवाल को शीर उचो गराए
नेपाली खेलकुदमा ठुलो योगदान दिएका छन
आज उनले खेलकूद बाट संन्यास लिएका छन
देशको लागि उनले सधै जीउ ज्यान आफ्नो लाए
अनुशाषित खेलाडी हुन सफलता नी पाए
खेलादिको रोल मोडेल बन्दै ऊनि आए
कतिले त ऊनि बाटै हौसला नी पाए
खेलकूद बाट नेपाल को ठुलो सेवा लायो
खेलकूद बाटै नाम दाम सम्मान पनी पायो
एस्ता राम्रा खेलाडिको संन्यास को दिन आयो
एकके छीन त आफ्नो पनी मुटु कट्ट खायो
खेलाडिको जीवन बाट। संन्यास लिए पनी
देश को सेवा गर्ने नै छन प्रशिक्षकै बनीं
सिकाउने छन कला कौशल राम्रो राम्रो अनि
जन्माउलां आफू जस्तै खेलाडी लाइ पनी
खेलकूद बाटै दाम नाम जीवन साथी पायो
खेलकूद ले नै जीवनमा खुशियाली छायो
दीपक को जीवन भरी हर्ष उल्लास आवस
सुख शांति खुशियाली परिवार मा छवास
एस्तै अरु बीर सपूत नेपाल ले पावस
खेलकूद मा एस्तो तारा अझै पनी आवस
सुखी रहोस जीवन इनको एही चाहना छ
सफल रहोस जीवन इनको शुभ कामना छ
Poem by: Laxman Adhikari
'मभन्दा राम्रा खेलाडीहरु जन्माउन प्रशिक्षणमा लाग्छु'
१७ माघ, काठमाडौं । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले शनिबार सक्रिय खेल जीवनबाट सन्यास लिएका छन् । सन्यास घोषणासँगै उनले अब ‘तेक्वान्दोमा आफूभन्दा राम्रा खेलाडीहरु जन्माउन प्रशिक्षणमा लाग्ने बताए ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा झण्डै दुई दशक लामो खेलाडी जीवनबाट विश्राम लिएको घोषणा गरे । कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा विष्टलाई भक्स वागन कार उपहार दिइएको थियो ।
बाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले विष्टलाई गाडीको साँचो हस्तान्तरण गरे । साढे ३३ लाख पार्ने कारको कर सरकारले मिनाह गरेको छ भने बाँकी रकम विभिन्न संस्था र व्यक्तिले संकलन गरेका हुन् ।
सन्यासपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै विष्टले नेपाली खेलकुद क्षेत्रबाट टाढा नरहने बताए । ‘आजबाट नयाँ अध्याय सुरु भएको छ’ उनले भने-‘मेरो पहिलो रोजाई तेक्वान्दो नै हुनेछ । तर, समयले के भूमिका दिन्छ ?’
अबको बाटो चुनौतीपूर्ण रहेको भन्दै उनले आफूभन्दा राम्रा खेलाडीहरु जम्माउन सके मात्र आफ्नो सफलता हुने बताए ।
दक्षिण एसियाली खेदुकद सागमा कीर्तिमानी चार स्वर्ण जितेका विष्ट २०१० मा बंगलादेशमा भएको ११ औं साग गेम्सपछि रिङमा उत्रिएका छैनन् । एसियन्स गेम्समा दुई काश्य जितेका विष्ट ओलम्पिकमा छनोट हुने दोस्रो नेपाली खेलाडी हुन् ।
आफ्नो लागि हरेक पदक उत्तिकै महत्वपूर्ण रहेको भन्दै उनले ११ औं सागमा चौथो स्वर्ण जितेको र ओलम्पिक खेलेको क्षण विशेष भएको बताए ।
कार्यक्रममा नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले विष्ट धेरै खेलाडीहरूरूका लागि प्रेरणाको श्रोत भएको बताए । सन्यासपछि विष्टले प्रशिक्षक र कुशल व्यवस्थाकपका रूपमा नेपाली खेलकुदलार्इ थप उचाइमा पुर्याउने उनको विश्वास थियो ।
तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।