यता मधेशले भन्छ तिमी शिर हो देशको,
दौरा सुरुवाल सोध्दै छ के दोष हो त्यो भेषको
सिंगो नेपाल तर्सिन्छ के होला मेरो शेषको !
दौरा सुरुवाल सोध्दै छ के दोष हो त्यो भेषको
सिंगो नेपाल तर्सिन्छ के होला मेरो शेषको !
स्वर्गलाई पनि चुङ्गाउने मेची र कालीको स्थल
यसको हुँ भन्न मान्दैन बग्ने गण्डकीको जल,
चारकोशे खरिया फांडने गर्दैछन दुष्टले बल
माथि बन्डामा लड्दैछन् बसी पहाडका तल !
यसको हुँ भन्न मान्दैन बग्ने गण्डकीको जल,
चारकोशे खरिया फांडने गर्दैछन दुष्टले बल
माथि बन्डामा लड्दैछन् बसी पहाडका तल !
सन्तति झगडा गर्छन कुल्ची आमाको बक्षमा
गहमा आँशु टल्पिञ्छ नदेख्दा बन्धु लक्षमा ,
आमा भन्दा धेरै ज्ञानी सन्तान बन्नु पर्दछ
बाटो बिनासको देख्दा आमाको मन मर्दछ !
गहमा आँशु टल्पिञ्छ नदेख्दा बन्धु लक्षमा ,
आमा भन्दा धेरै ज्ञानी सन्तान बन्नु पर्दछ
बाटो बिनासको देख्दा आमाको मन मर्दछ !
धनि गरिबको खाडल क्यै गरी पुर्नु पर्दछ
भाग मात्रै समातेर हुदैन तुर्नु पर्दछ,
नलडनु अब आपसमा देशै पुकार गर्दछ
बाटो बिनासको देख्दा आमाको मन मर्दछ !
भाग मात्रै समातेर हुदैन तुर्नु पर्दछ,
नलडनु अब आपसमा देशै पुकार गर्दछ
बाटो बिनासको देख्दा आमाको मन मर्दछ !
फडिन्द्र भट्टराई ६ फेब्रुवरी २०१५
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।