माघ आठ, संविधान जारी गर्ने दिन । संघीय राज्यको संख्या र नाममा कुरा नमिल्दा दोस्रो संविधानसभा पनि निर्धारित समयमा संविधान दिनबाट असफल देखिएको छ । यसैबीच विवेकशील नेपाली पार्टीले तीन प्रदेश सहितको संविधानको मस्यौदा सार्वजनिक गरेको छ ।
‘समयसापेक्ष सुधारमुखी नेपालको संविधान २०७१’ नाम दिइएको उक्त संविधानमा विवेकशील नेपालीले पश्चिम प्रदेश, मध्य प्रदेश र पुर्व प्रदेश गरी तीन प्रदेश सहितको संविधानको मसौदा सार्वजनिक गरेको हो । संघीय राजधानी क्षेत्र काठमाडौँलाई बनाइएको सो मस्यौदामा प्रदेश, अञ्चल र राजधानी छुट्टाइएको छ ।
अञ्चल संख्या, जनसंख्या, क्षेत्रफ़ल र कुल गार्हस्थ्य उत्पादनको आधारमा छुट्टाइएको तीन प्रदेशका केहि विशेषताहरु छन् जसमा सरकार जनताको सेवक रहनेछ भने प्रधानमन्त्रीलाई जनताले चुन्न पाउने र प्रधानमन्त्री आफै चुन्ने योग्य मन्त्री परिषद् रहनेछ । यसमा जम्मा ९ अञ्चल र ३ प्रदेश मिलेर देश बन्नुका साथै निर्वाचन नियमित हुनै पर्ने प्रावधान रहनेछ ।
यस्तै स्वास्थ्य उपचार, शिक्षा, रोजगार नपाए क्षतिपूर्तिका साथै नैतिकता र आत्मसम्मानमा जोड दिने भनिएको ‘समयसापेक्ष सुधारमुखी नेपालको संविधान २०७१’मा आमा वा बुबाबाट नागरिकता पाउने, प्रभावकारी न्याय, जुरीको व्यवस्था, भाषा, संस्कृतिको संवर्द्धनको अधिकार, उद्दमशील नागरिक र कल्याणकारी राज्य हुनेछ ।
मस्यौदाको पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।