बुटवलको न्यु होराईजन कलेज देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता द होटल डिभोटी एसपीए कप २०१५ को च्याम्पियन बनेको छ। | |
रमेश भट्टराई, कैलाली - बुटवलको न्यु होराईजन कलेज देशकै सर्वाधिक धनराशीको क्रिकेट प्रतियोगिता द होटल डिभोटी एसपीए कप २०१५ को च्याम्पियन बनेको छ । आज भएको निकै रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा सनसाईन कलेज भैरहवालाई ७ रनले पराजित पार्दै न्यु होराईजनले एसपिए कप २०१५ को उपाधि माथि कब्जा जमाएको हो । जित संगै होराईजनले ५ लाख नगद सहित ट्रफि हात पारेको छ । टस जितेर पहिले ब्याटिंग गरेको न्यु होराईजनको सुरुवात भने खासै राम्रो हुन सकेन ।
ओपनर निरद्धज सेनलाई पहिलो तिन बलमा शुन्य रनमा गुमाएको न्यु होराईजनका लागि अर्का ओपनर सन्दिप सुनारले ३४ रनको योगदान दिए । तेस्रो नम्बरमा ब्याटिंग गर्न आएका निर्मल थापाले सन्दिपसँग ६३ रनको साझेदारी गरेपछि न्यु होराईजनले निकै राम्रो कमब्याक गर्यो । चौथो नम्बरका ब्याट्सम्यान स्टार खेलाडी सोमपाल कामीले सर्वाधिक ४० रन प्रहार गरेपछि टीमले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन जोडेको थियो । त्यस्तै प्रकाश केसीले २३ तथा कप्तान सौरभ खनालले टीमका लागि २४ रन बनाएर सनसाईन कलेज लाई १ सय ७२ रनको बिजय लक्ष्य सुम्पेका थिए ।सनसाईनका मान बहादुर थापाले ३ विकेट लिएका थिए भने सवाज खानले २ विकेट लिए ।
जवाफी ब्याटिंग थालेको सनसाईन कलेज न्यु होराईजन कलेजका बलरहरु सामु टिक्न सकेनन र दोस्रो स्थानमा चित्त बुझाउनु बाध्य बन्यो । उप विजेतामा सिमित रहेको सनसाईनले २ लाख नगद हात पारेको छ । सनसाईनका विदेशी खेलाडीहरु सुबोध श्री वास्तव र मयंक यादवले केही आशा दिलाए पनि उनीहरुको प्रयासले टीमलाई जीत दिलाउन सफल भएन । सुबोधले ४६ रन तथा मयंकले ४४ रन बनाएका थिए । भने कप्तान अन्तिम थापाले ३७ रन बनाए । उसका अन्य ब्याट्सम्यान लाई न्यु होराईजनका बलरहरुले धेरैबेर क्रिजमा टीक्न दिएनन । न्यु होराईजनको बलिङ निकै प्रशंशा योग्य रह्यो । सुबोध श्रीवास्तवले विस्फोटक सुरुवात गरेका बेला उनलाई रन आउँट गराएर पवेलिएन फर्काएपछि होराईजन खेलमा फर्केको थियो । शक्ति गौचन र म्यान अफ द फाईनल कप्तान सौरभ खनालले ३ विकेट लिए पछि सनसाईन उपाधी चुम्नबाट बंचित बन्यो भने न्यु होराईजन च्याम्पिएन बन्यो । होटल डिभोटी एसपीए कप २०१५ को ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पीटालिटी एजुकेशन (गेट) म्यान अफ द सिरिज न्यु होराईजन बुटवलका कप्तान सौरभ खनाल घोषित भए । उनले ५० हजार नगद हात पारे । सगरमाथा सिमेन्ट बेष्ट व्याट्सम्यानको उपाधी सनराईज उच्च मावि कञ्चनपुरका अमित श्रेष्ठ घोषित भए । उनले नगद २५ हजार हात पारे । कैलोरी भेज मम सेन्टर राईजिंग प्लेयर कैलाली बहुमुखी क्याम्पसका विपिन रावल भए । उनले क्रिकेट किट र हिरोहण्डा साईकल पुरस्कार पाएँ । शिवशक्ति भोजनालय बेष्ट बलर पेन्टागन काठमाण्डौका राहुल विश्वकर्मा भए । उनले नगद २५ हजार हात पारे । किसान अटो मोटिभ्स उत्कृष्ट विदेशी खेलाडीको उपाधी सनसाईनका मयंक यादव घोषित भए । उनले नगद २५ हजार हात पारे । धनगढी क्रिकेट एकेडेमी वेष्ट फिल्डरको उपाधी दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका विनोद लामाले हात पारे । उनले पनि नगद रु २५ हजार हात पारे । समापन समारोहमा किर्तीमानी तेक्वान्दो खेलाडी दीपक विष्टलाई अभिनन्दन पनि गरिएको थियो । कार्यक्रममा बोल्दै खेलाडि दिपक बिष्टले सुदुरपश्चिम पछिल्लो समय खेलको राजधानिका रुपमा परिचत हुन थालेको बताउदै धनगढीमा सम्पन्न एसपिए कप अघिल्ला दिनमा अझै भव्य बनाउनका लागि सवैले साथ दिनुपर्ने र आफ्नो तर्फबाट समेत सक्दो सहयोग गर्ने बाचा गर्नुभयो । कार्यक्रममा धनगढीमा क्रिकेट खेलको सुरुवात गर्ने खेलाडीहरु अर्जुन श्रेष्ठ, श्यामसुन्दर शर्मा, बाल गोपाल गिरी, श्याम हमाल, रामेश्वर श्रेष्ठ, मिन स्वार, भरत खड्का, राजेन्द्र भट्ट, धरम खड्का, किरण श्रेष्ठ, नरनारायण शाह मनु, यज्ञराज भट्ट, किसन महत, जोसेफ श्रेष्ठ, अर्जुन केसी लगाएतलाई सम्मान गरिएको थियो । समापन समारोहमा मन्तव्य राख्दै प्रतियोगिता निर्देशक सुवाश शाहीले प्रतियोगिता सम्पन्न गर्न सहयोग पुर्याउन सवैलाई धन्यवाद ज्ञापन गर्दै अबको लक्ष्य धनगढीमा क्रिकेट रंगशाला निर्माण गर्नु रहेकोले सवैमा सहयोगका लागि आग्रह गर्नुभयो । उहाले २०१७ को एसपीए कपको नयाँ संस्करण अझै भव्य बन्ने बताउनुभयो । | |
Source: dcnepal
|
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।