Monday, April 27, 2015

भूकम्पमा परी बिचल्लीमा परेकाहरुको सहयोगका लागि पर्सी युथ स्पोर्टस क्लवका अध्यक्ष सुरेन्द्र शाहीको नेतृत्वमा एक टोली गोरखा जाने


भूकम्पमा परी बिचल्लीमा परेकाहरुको सहयोगका लागि पर्सी युथ स्पोर्टस क्लवका अध्यक्ष सुरेन्द्र शाहीको नेतृत्वमा एक टोली गोरखा जाने भएको छ । नून, तेल, दाल, चामल लगायतका खाद्यान्न सहित गोरखा जान लागेको उक्त टोलीले त्यहाँ खान नपाएर भोकभोकै बस्न बाध्य भएका भूकम्प पिडितहरुलाई भण्डारा चलाई खाना खुवाउने छ । जसका लागि खाना पकाउने सहयोगी, भाडाकुडा र स्वयसेवकहरु धनगढीबाट जाने भएका छन् । खाद्यान्न र आवश्यक सहयोगका लागि सबैलाई अनुरोध गर्दछौ ।

अहिलेसम्म उक्त टोलीलाई सुदूर विस्कुट ईण्डष्ट्रिजका प्रबन्ध निर्देशक कविस अग्रवालले १० हजार प्याकेट विस्कुट (एक लाख रुपैया बराबर), सुदूरपश्चिम यातायात व्यवसायी संघले गोरखासम्मका लागि बस,विष्णुराज बुर्लाकोटी १० हजार, दीर्घराज उपाध्याय ५ हजार, लोकराज भट्ट, ५ हजार, मित्र पोखरेल १० हजार, कल्पना गैरे १० हजार,हरीकला गौतम २ हजार ५ सय, भुपेन्द्र थापाले १० हजार,महेश शाहले १० हजार,जीवनाथ जैसीले १० हजार,सुरेन्द्र राठीले १५ हजार, चक्र बहादुर सिंह १० हजार,शकुन्तला भट्ट २ हजार, प्रमोद पाठक ५ हजार, लायन्स क्लव अफ धनगढी सिटी १० हजार,ममता शाह २ हजार,मिनाक्षी शर्मा २ हजार, सावित्री पन्त २ हजार, सुमित्रा पोखरेल १ हजार, उमा ज्ञवाली २ हजार ५ सय, राधा गैरे २ हजारले प्रदान गरेको छ । संकलित सहयोग रकम गोरखाका प्रमुख जिल्ला अधिकारी मार्फत भूकम्प पिडितहरुलाई सहयोग गरिनेछ । औषधीको व्यवस्थापन चिकित्सक संघ र अन्य राहत सामग्री ( चाउचाउ, चिउरा, मिनरल वाटर, विस्कुट र पालहरु )को व्यवस्थापन सहयोग स्वरुप प्राप्त हुने रकमबाट खरिद गरिनेछ । सहयोग गर्न ईच्छुक व्यक्तिले प्रकाश भट्ट ९८५८४२४२६१,दीर्घराज उपाध्याय ९८५८४२४६२२, विष्णुराज बुर्लाकोटी ९८५८४२००६२, चक्र बहादुर सिंह ९८४१४२४६७८, मित्र पोखरेल ९८४८४२६०७०, सुरेन्द्र राठी ९८५८४२०४९२, महेश शाह ९८५८४२१०५१ लाई सम्पर्क गर्नुहोला ।

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।