Monday, April 27, 2015

खाद्यान्न सामाग्री ५ सय ट्रक काठमाडौं आउँदै - आएकामा अनलोड गर्ने कामदार छैनन्



शनिबारको महाभूकम्पपछि राजधानीमा खाद्यान्न अभाव हुन नदिन खाद्य सामाग्री बोकेर ५ सय ट्रकहरु राजधानी आउँदैछन्।
 दैनिक उपभोग्य वस्तु, इन्धन र निमार्ण साम्रगी बोकेर ५ सयभन्दा बढी ट्रक राजधानी प्रस्थान गरेको नारायणी यातायत व्यवसायी संघका पूर्वअध्यक्ष गोकर्ण पराजुलीले सेतोपाटीलाई जानकारी दिए।
सडकहरुमा कहिँकतै समस्या छैन उनले भने, ‘राजधानीमा खाद्यान्न सामाग्री अभाव हुन नदिन हामीले पहल गरिरहेका छौं।’
अहिले रिङ रोड क्षेत्रमा दैनिक उपभोग्य वस्तु, इन्धन र निमार्ण साम्रगी बोकेर आएका एक सयभन्दा बढी थन्किएका छन्। सामान अनलोड गर्न कामदारको चर्को अभाव छ। पहिले पहिले कामदार पाइन्थ्यो, अहिले भुकम्पका कारण कोही पाइएको छैन् धनगढीबाट भटमास ल्याएर बल्खुमा थन्किएको भे १ ख १६४८ नम्बरका सहचालक संजिव पौडेलले गुनासो गरे।

प्रकाशित मिति: सोमबार, बैशाख १४, २०७२ १३:०६:११

Source: Setopati


0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।