Monday, May 4, 2015

#सरकार भन्दा बिबेकशील नेपाली को बिश्वाश #एउटा नया राजनैतिक शक्ति को उदय जसमा नया नेपाल निर्माता हरु को बिश्वाश छ #अब आशा पलाएको छ #नया नेपाल निर्माण को #शरीर थाकेको छ तर मान थाकेको छैन

राहतमा 'विवेकशील नेपाली'को विश्वास
काठमाडौं–१२ गते गएको आमविनाशकारी भूकम्पमा परी हालसम्म ७ हजार ३ सय ६५ भन्दा बढीले ज्यान गुमाइसकेका छन भने १४ हजार भन्दा बढी घाइत भएका छन्। यसैगरी ११ वटा जिल्ला नराम्ररी प्रभावित भएका छन्। महाभूकम्पपछि स्वदेश तथा विदेशीबाट ठुलो राहतको ओइरो लागेको छ। राहत ठूलो परिणामा आएपनि प्रभावितसम्म नपुगेको भन्दै सरकारको विरोध भइरहेको छ। 
यसैबीच सरकार भूकम्पपीडितसम्म पुग्न नसकेको भन्दै आलोचना भइरहेका बेला 'विवेकशील नेपाली' नामक दलले भूकम्प गएको एक घण्टापछि नै उद्धारको काम सुरु गरेको थियो। सुरुमा १२ जना स्वयंसेवकबाट काम सुरु गरेको विवेकशील नेपालीले त्यसको केही घण्टापछि नै संस्थामा ३० जना स्वयंसेवक पुगेको प्रवक्ता रंजु दर्शना न्यौपानेले बताइन। 'भूकम्प जाँदा हामीसँग कुनै पनि सामाग्री थिएन,' उनले भनिन,' भूकम्प गएको एक घण्टापछि हामी टिचिङ अस्पताल पुग्दा अस्तव्यस्त देखेपछि त्यँहीबाट काम सुरु गर्यौं।'
उद्धार सुरु गर्दा १२ जना स्वयं सेवकसँग चन्दा उठाएर काम गरेको विवेकशील नेपालले अहिले भूकम्प प्रभावित सबै जिल्लामा राहत तथा उद्धारको काम गरिरहेको छ। विवेकशील नेपालले सुरुमा चन्दा उठाएर विभिन्न किसिमका औषधि विभिन्न अस्पताललाई उपलब्ध गराएको प्रवक्ता न्यौपानेले जानकारी दिइन। टिचिङपछि विवेकशील नेपालीले वीर अस्पतालमा आफ्नो काम गरेको थियो। 'मुख्य रुपमा घाइतेको उद्धारलाई प्राथमिकता दिएको उसले वीरपछि भक्तपुर अस्पताल र पाटन अस्पतालमा रहेका घाइतेको उपचारमा सहयोग गरेको थियो।
'हामी भक्तपुर अस्पताल पुग्दा त्यहाँको अवस्था भयावह थियो,' उनले भनिन,'त्यसपछि हामीले जम्मा दुई घण्टामात्र सुतेर सेवा दिइरह्यौं।' अहिले विवेकशील नेपालीमा विभिन्न संघ संस्थाबाट स्वयंसेवक बन्न आउनेको घुँइचो नै लागेको छ। 'कतिसम्म भने अहिले कांग्रेस–एमाले तथा एमाओवादीसहितका राजनीतिक दललेसमेत प्रभावित जिल्लामा राहत पठाउनुपर्यो भने विवेकशील नेपालीको मात्र विश्वास छ भन्दै हामीमार्फत पठाउन थाल्नु भएको छ,' प्रवक्ता न्यौपानेले भनिन।

उनका अनुसार प्रभावित सबै जिल्लामा विवेकशील नेपालीका स्वयंसेवक पुगेका छन् भने उनीहरुले विश्वास पनि जितेका छन्। कुनै जिल्लामा राहत सामाग्री पठाउनु पर्यो भने धेरैले विवेकशील नेपालीलाई नै आग्रह गर्ने गरेका छन्। विवेकशील नेपालीले हटलाइनसमेत संचालन गरेको छ। विपदमा परेका वा सहयोग गर्न चाहनेले विवेकशील नेपालीको हटलाइन ९८५११४९२१४ र ९८४३७२३४५७ सम्पर्क गर्न सकिने प्रवक्ता न्यौपानेले जानकारी दिइन। विवेकशील नेपालीसँग अहिले पाँचसयको संख्यामा स्वयंसेवक रहेको प्रवक्ता न्यौपानेले जानकारी दिइन।
Source: Nagrik News

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।