कैलालीको अत्तरिया नगरपालिका ५ वडेहामा थारु समुदायले आज चिरै भजहर कार्यक्रम मनाएका छन । वर्षौदेखि थारु समुदायले वर्षको दुई पटक मनाउनदै आएको चिरै भजहर पर्व मनाएका हुन । गाउमा कुनै पनि महामारी, प्रकोप लगायत बिपत्ती नआओस र सम्बृद्धिको कामना गर्दै परम्परागत पुजाआजा गरि यो पर्व मनाईने गरिन्छ । बिशेष गरि यो पर्व चैत्रको अन्तिम पहिलो साता र बैशाखको दोस्रो सातामा मनाईने गरिन्छ । आज पनि बडेहामा थारु समुदायले यो पर्व भव्य रुपमा मनाईएको छ । गाउका महिलाहरु एका बिहानै नुवाईधुवाई गरि गाउमा रहेको खुला ठाउमा जम्मा भई पुजाआजाका सामाग्री जुटाउने गर्दछन । त्यसपछि गाउको मुखिया गुरुवा सहित पुरुषहरु आएर पुजाआज गर्ने गर्दछन । त्यसपछि गाउमा बिपत्ती नआओस र सम्बृद्धि होस भन्ने कामना सहित टिकाटालो संगै प्रसाद ग्रहण पछि भोजभतेर गर्ने चलन रहि आएको छ । बडेहामा पनि आज परम्परा अनुसार चिरै भजहर कार्यक्रम सम्पन्न भएको स्थानियबासी तथा एमाले नेत्री चुनकुमारी चौधरीले जानकारि दिनुभयो । उहाका अनुसार आज श्रीपुरमा करिब थारु समुदायका ४ सय बढि ब्यक्तिहरुले एकै ठाउमा जम्मा भई पुजाआजाका साथ भजहर कार्यक्रम मनाएका छन । थारु समुदायले चिरै भजहर पर्वलाई मुख्य प्राथमिकता दिई मनाउने गरेका छन ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।