भुकम्पमा परि घाईते भएकाहरुको उपचारमा देखिएको रगत अभावको समस्या हटेको छ । घाईतेहरुको उपचारमा रगत अभावको समस्या रहेको र रक्तदान गर्न सरकार संगै रक्त संचार केन्द्रको आह्वान पछि देशभर चाहिने भन्दा बढि रगत संकलन भएपछि रगतको अभाव हटेको हो । कैलालीको अत्तरिया सहित देशका बिभिन्न स्थानमा आयोजना गरिएका रक्तदान कार्यक्रमहरु रगत अभाव हटेसंगै बिचमै रोकिएका थिए । यता अत्तरियामा समेत आज अत्तरिया जेसिजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा रगत दिन यस क्षेत्रका युवा, ब्यबशायी तथा नगरबासिको उल्लेख सहभागिता रहेको थियो । यद्यपी कैलाली जिल्लामा रक्त संचार केन्द्रमा रहेको रगत मौज्दात राख्ने क्षमता र माग भन्दा बढि रगत संकलन भएसंगै अत्तरिया सहित सुदुरपश्चिमभर आयोजना भईरहेका रक्तदान कार्यक्रमहरु बिचमै स्थगित गरिएका थिए । अत्तरिया जेसिजले आयोजना गरेको रक्तदान कार्यक्रमा रगत दान गर्न आएका अधिकांस व्यक्तिहरुले भने कार्यक्रम बिचमै स्थगित भएपछि रक्तदान गर्न नपाएरै घर फर्किएका थिए । अत्तरियाको चौराहमा आयोजना गरिएको रक्तदान कार्यक्रममा यद्यपी एक सय १ जनाले भने रक्तदान गरेका छन । महाभुकम्पले देशलाई तहसनहस र ठुलो क्षति पुर्याएकाले भुकम्पमा परि घाईते भएकाहरुको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले अत्तरियामा रक्तदान कार्यक्रमको आयोजना गरिएको अत्तरिया जेसिजका युवा संयोजक संगै रक्तदान कार्यक्रमका समेत संयोजक रहनुभएका प्रमोद अधिकारीले जानकारि दिनुभयो । उहाका अनुसार अत्तरियामा आज २ सय भन्दा बढि पोईन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको थियो । यद्यपी रगत दिनका लागि दुई सय बढि ब्यक्तिहरु आएपनि रेडक्रस बाट खटिएका प्राबिधिकहरुले कैलाली सहित देशभर चाहिएको भन्दा बढि रगत संकलन भईसकेको र कैलालीमा रक्तसंचार केन्द्रले राख्न सक्ने ७ सय भन्दा बढि पिन्ट रगत संकलन भएको भन्दै रक्तदान कार्यक्रम बिचमै रोकेका थिए । प्राबिधिकहरुको आग्रह संगै कैलालीमा संकलन भएको रगत रेडक्रसले काठमाण्डौ पठाए लगत्तै यदि रगत अभावमा भएका जेसिजले अत्तरियामा रक्तदान कार्यक्रम आयोजना गर्ने अधिकारीको भनाई छ । उहाले आजको रक्तदान कार्यक्रममा रक्तदान गरि जिवनदान गर्नुहुने र सहयोग गर्नुहुने सवैमा धन्यबाद ब्यक्त गर्नुभयो ।
0 comments:
Post a Comment
यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।