Saturday, May 2, 2015

अत्तरियामा समेत राहत संकलन जारि


भुकम्प पिडितहरुलाई सहयोग गर्ने हातहरु देशभर बढ्दै गएका छन । शनिवार गएको भुकम्पबाट देशको राजधानी सहित बिभिन्न जिल्लामा ठुलो मात्रामा क्षति पुगेपछि राहत र उद्धारका लागि देशका बिभिन्न स्थानबाट सहयोगि हातहरु बढ्दै जान थालेका हुन । कैलालीको अत्तरिया सहित सुदुरपश्चिमका बिभिन्न स्थानमा समेत आईतवार बाट राहत संकलनको अभियान सुरु भएको छ । कैलालीको अत्तरियामा उद्योग वाणिज्य संघ अत्तरियाले आईतवार देखि सुरु गरेको राहत संकलनको अभियान जारि राखेको छ । भुकम्पमा परेका पिडितहरुको घाउमा सक्दो मलम लगाउने प्रयास स्वरुप राहत संकलनको अभियान जारि राखिएको संघका अध्यक्ष बसन्त रोकायाले बताउनुभयो । आईतवार मात्रै संघले अत्तरिया बजार बाट ४६ हजार ५ सय ३१ रुपैया संकलन गरेको थियो भने आज पनि अत्तरिया क्षेत्रको वसपार्क, चौराह गरि ३ ठाउमा राहत संकलन डेस्क स्थापना गरेर नै संघले राहत संकलनको कार्य अगाडि बढाईरहेको संघका अध्यक्ष रोकायाकोभ भनाई छ । संकलित सवै रकम जिल्ला दैवि प्रकोप उद्धार कोष मार्फत काठमाण्डौ सहित देशका बिभिन्न स्थानमा रहेका भुकम्प पिडितहरु माझ पुर्याईने संघका महासचिव अशोकराज देवकोटाको भनाई छ । उहाँका अनुसार संघले आईतवार गरेको राहत संकलनको घरदैलो कार्यक्रममा अत्तरिया क्षेत्रका ब्यबशायी, तथा नगरबासिले सक्दो राहतका लागि सहयोग गर्ने प्रतिबद्धता गरेकाले प्रतिबद्धता अनुसार संकलनको भएको राहत चाडो भन्दा चाडो दैवि प्रकोप उद्धार कोषको खातामा जम्मा गरिने भएको छ । 

0 comments:

Post a Comment

यहाँहरूको खबर समयमै पुर्याउने हाम्रो जमर्को । ताजा खबरहरू, सुचनाहरू तथा साहित्यिक रचनाहरूका लागि । अनि यहाँहरूको वरपरका घटना तथा सूचनाहरूलार्इ www.sundarsudurpaschim.org सम्म पुर्याउन ganeshpandey@sundarsudurpaschim.org प्रयोग गर्न सक्नुहुनेछ ।