Dodhara Suspension Bridge

This is the longest suspension bridge in the South Asia Region, and it links Dodhara Chandadhi VDC to the other parts of Kanchanpur District.

www.cyclingandeducating.org

www.cyclingandeducating.org Ganesh Pandey from Kailali cycling around the world for education.

Aakha Nasalu Timro Othai Rasalu

A new music video Presentation of KK Movies.

RACHANA BHARATI, Miss Nepal Contestant

Please, promote and encourage Rachana Bharati, Miss Nepal 2013 Contestant from Kanchanpur, Far West.

ULTIMATE UDITOLA, exploring Glorious History

Prem Raj Joshi, the author and owner of Ultimate Uditola, (far left) with Dr. D. P. Bhandari

Tuesday, December 22, 2015

हुन तक्की खान ?


रमेश भट्टराई, कैलाली ६ पुस- कैलालीको अत्तरिया बसपार्कमा प्राय दिनहु जसो भेटिन्छन तक्की खान । अग्लो र मोटो जिउ, लामो कपाल, आँखामा कालो चस्मा, टाउकोमा ह्याट टोपी, लामो दाह्री पालेका व्यक्ति सधै हातमा माला बोकिरहन्छन र मालाका दाना गनिरहन्छ ।

सामान्य मान्छे भन्दा उनको जिउडाल ठुलो छ, ७८ वर्ष पुगेका खानको शरिरको तौल अहिले पनि १ सय २० किलो भन्दा बढि रहेको छ । हेर्दै विर जस्तो देखिने खानलाई कैलाली कंचनपुरमा सानो वच्चादेखी बृद्धा सम्मले सजिलै चिन्छन । कैलाली कंचनपुरमा मात्रै होईन उनलाई नचिन्ने देशभर कमै होलान ।

परिचय धेरै छन खानका । हजुरबुवाहरुको घर भारतको टनकपुर बताउने खानको जन्म कैलालीको धनगढीमा भएको हो । अहिले पनि धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ पशुपति टोलमा खानको परिवार बस्ने गर्दछ ।

तर खान आफ्नो घरमा दिनमा मुस्किलले भेटिन्छन उनि दिनभर अत्तरियाको वसपार्क, र चौराह तिर भेटिने गर्छन । कहिले धनगढी त कहिले महेन्द्रनगर अनि कहिले पोखरा र कहिल्यै काठमाण्डौ पनि उनि पुग्ने गर्दछन ।

केहि दिन अघि अत्तरिया बसपार्क भएर निस्कदा बाटोमा बहुआयामिक व्यक्तित्व उनै खान भेटिए र उनिसंग उनको जिवन अनुभवको साक्षात्कार गर्ने मौका मिल्यो ।

बसपार्क नजिकैको एउटा पसल अगाडी बसेर कुराकानी गरिरहदा उनले कुरा सुर गरे नेपाली सिने उद्योगका एक्सन नायक बिराज भट्टबाट । “बिराजले मलाई दाई, तपाई आफ्नो बिरामी ठिक पार्नुहोुुस म तपाईलाई भोजपुरी फिल्ममा खेलाउछु भनेको छ, अहिले म औषधी खाईरहेको छु” उनले आफ्नो घुँडो र पेट छाम्दै “ पेटमा र घुडामा ग्याँसको समस्या छ, यसलाई निको पार्दैछु, बोलाउन त अरु धेरै जनाले फिल्म खेल्न बोलाईरहेका छन तर जान सकिएको छैन, रोग निको हुने बित्तिकै फिल्म चाहि खेल्छु, खानले भने ।

कलिउडका महानायक राजेश हमाल देखी बलिउडका चर्चित नायिका खुस्बु सम्म संगै खानले चलचित्रमा काम गरेका छन । खलनायकको भुमिकामा अभियन गर्ने खानले मर्म, प्रतिक्षा, भरोसा, बौछार, य कैसिन नाता, उनको अंगरक्षक, सावन, रखवाला, अन्नदाता, अग्निपुत्र लगायत नेपाली ठुला पर्दाका २४ वटा फिल्ममा अभिनय गरेका छन । भारतिय नायिका खुस्बु संग अभिनय गरेको फिल्म चाहि भुल नही जाना रहेछ ।

धेरैले उनलाई दिनभर बसपार्कमै यता उता डुलिरहेको देख्नेले पागल पनि भन्न बेर लाउदैनन तर उनि आफैमा बहुआयामिक व्यक्ति हुन । धेरैलाई थाहा नहोला । करिब २०१५, ०१६ साल तिर धनगढीको त्रिनगर स्कुलमा ५ सम्म पढेका खानलाई बच्चामा पटक्कै पढ्ने मन चाहि नलाग्दो रहेछ, पढ्ने मन नलागेपछि उनि गोठालो जाने गर्दा रहेछन भेटमा उनले आफ्नो बाल्यकालको सम्रण गर्दै भने “मलाई बच्चामा पटक्कै पढ्ने मन थिएन, त्यतिबेला धनगढीमा ठुलो जंगल थियो, हाम्रा बाउले बाख्रा पालेका थिए म गोठालो जान्थे, पछि म टनकपुर गए, त्याहा मेरो बाजे ठुलो डोजर रोलर चलाउथे, २०२१ २२ सालतिरको कुरो होला मैले नि बाजे संग रोलर चलाउन सिके” ।

त्यो समयमा करिब ६, ७ वर्ष टनकपुर बसेर धनगढी फर्केपछि तक्की खानले २०२३ सालतिर नेपालमा सडक बिभागको डोजर चलाउने मौका पाए । २०२३ देखी २०५२ सम्म २९ वर्ष सडक बिभागको डोजर चलाएका खान भन्छन “२२ साल तिर यहा सडक बनाउने क्रममा नेपाल सरकारले दुई वटा डोजर पठाएको थियो, त्यो चलाउने मौका मैले पाए, त्यतिबेला सुदूरपश्चिमको पहाडि जिल्लातिर खुब डोजर चलाए, सुन्नुहोस त्यतिबेला म खानाको निकै सौखिन थिए, मेरो ज्यान नै ठुलो ७, ८ जनाले खाने खाना म एक्लै खान्थे, तिन किलो मासु त म एकै छाकमा एक्लै खाईदिन्थे” खानले भने ।

सुदूरपश्चिममा मात्रै होईन काठमाण्डौमा समेत उनले पुर्व राजा महेन्द्र शाहको निगरानीमा करिब ४ महिना डोजर चलाएको अनुभव सुनाए । उनको यात्रा डोजर चालकमा मात्रै सिमिति भएन । डोजर चालक संगै खानले भारत्तोलन खेल पनि खेल्न सुरु गरे । “देशभर बिभिन्न ठाँउमा भएका भारत्तोलनका खेलमा पदक जितेका ४५ वटा प्रमाणपत्र मसंग अझै सुरक्षित छन, नेपालबाट म एकचोटी यहि खेलका लागि बंगलादेश पनि गएको थिए तर त्याहाँ मेरो कुनै नम्बर आएन, त्यति मात्रै होईन २०४२ सालतिर बिरगञ्जमा भारत्तोलनको खेल भएको थियो, म पहिलो नम्बरमा आएको थिए, त्यतिबेला धिरेन्द्र सरकारले बलाई धाप दिदै भनिबस्केका थिए, खान के चाहिन्छ ? मैले एक जोर जुत्ता र सुट मागेको थिए” उनले फेरि थप्दै भने “मेरो जिउ अरुभन्दा ठुलो हुनाले मेरो खुट्टामा मिल्ने जुत्ता र टाउजर सुट म संग थिएन धिरेन सरकार संग मागेपनि त्यो दिनुभएन तर किन्नलाई ६० हजार रुपैया दिनुभएको थियो, त्यसले मैले धनगढीमा जग्गा किने” ।

बच्चामा गोठालो, युवामा खेलाडी र सवारीचालकमा मात्रै उनले आफ्नो परिचय सिमित राखेनन् । तक्की खानले बिस्तारै नेपाली चलचित्रमा अभियन समेत गर्न थाले ।

२४ वटा नेपाली र केहि हिन्दी ठुला पर्दाका चलचित्रमा काम गरेका खानलले फिल्ममा काम गर्दाको अनुभव चाहि यसरी सुनाए “ अहिले सम्म ठुला पर्दाका २४ वटा फिल्ममा काम गरेको छु, राजेश हमाल दिलिप रायमाझी संग काम गरेको छु, निखिल उप्रेति संग पनि चिनजान भएको छ तर खेल्ने मौका पाएको छैन, मलाई मन पर्ने नेपाली नायक भनेको टीकापुरको रोहन ढकालको हो, उनले तिन वटा फिल्म बनाएका छन तिनले बनाएका तिन वटै फिल्ममा मैले अभिनय गरेको छु” खानलले हास्दै भने “पारश्रमिकको कुरा गर्ने हो भने कसैले तिन, कसैले ५ कसैले २०, कसैले ३० हजार पनि दिएका छन, एक जनाले २५ हजार दिन्छु भनेर अभिनय गरायो, पछि १० हजार मात्रै दियो, मैले त्यो नि नदेला भनेर समाए” । पहिला बढि रकम दिन्छु भन्छन, पछि काम गरिसकेपछि कम रकम दिदा रहेछन उनले आफ्नो अनुभव सुनाए ।

आफ्नो पेट र घुँडाको उपचार गराईरहेका खान सञ्चो हुने बित्तिकै फेरि फिल्म खेल्ने र बडी सो गर्ने आफ्नो ठुलो ईच्छा रहेको बताउदछन । “रोग निको हुने बित्तिकै फेरी फिल्म खेल्छु, तर अब बडि सो गर्ने ईच्छा छ, शरिर छ, जिम गरेर शरिरलाई शुगठन बनाउछु अनि देखाउछु” उनले भने ।

जिवनको लामो समय सवारी चालक भएर घुमेरै बिताएका खानलाई आजभोली पटक्कै घरमा बस्ने मन नहुने कुरा पनि उनले भेटमा हामीलाई सुनाए । आजभोली अत्तरिया बस पार्कमा बस चालकहरु बाट केहि रकम मागेर दिनमा खानको व्यबस्था गर्ने गर्दछन । “ अहिलेका धेरै जना डाईभर, बस धनीहरुलाई मैले उतिबेला गाडी सिकाएकोले सवैले मलाई गुरु मान्छन र अहिले गुरु भन्दै केहि रकम दिन्छन तर म कुनै करकाप गर्दिन, मैले उनिहरुलाई यात्रा सफल होस भनेर कामना गर्दछु, मैले हातमा बोकेको मालाका दान गन्दै जप गर्दछु, कसैले ५ रुैपया त कसैले १०, कसैले १ सय त कसैले ५ सय सम्म दिईहाल्छन” ।

काठमाण्डौको पानीले आफुलाई झाडापखला हुने बताउने खान मुम्बई नजादा पछुताएको बताउदछन तर उनलाई भारतको मुम्बई भन्दा पनि नेपालकै धनगढी र अत्तरिया प्रिय लाग्ने समेत उनको भनाई छ ।

गोठालो देखी डोजरचालक, खेलाडी र अभिनेता सम्म परिचय बनाईसकेका खान अब “बढि सो” तयारीमा छन ।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=182860#sthash.cr2wdYPe.dpuf

Saturday, December 19, 2015

धनगढीमा प्रमोदले ‘ओ झुमा झुम्कावाली…’ गीत गाउँदा भीड नियन्त्रण गर्न प्रहरीलाई सकस

12390985_1022174344470172_4736550443608578285_nपुस – सुदूर र मध्यपश्चिममा डेउडा भाका ‘राई झुमा…’ निकै चर्चित छ । बेलाबखत राजधानीका कार्यक्रमतिर पनि यो गीतले चर्चा पाउँछ । यही गीतसंग साइनो गाँस्दै गायक प्रमोद खरेलले बजारमा ल्याउन लागेको ‘ओ झुमा झुम्कावाली…’ गीतले बुधबार धनगढीलाई ततायो । सुदूरपश्चिम महोत्सवको सांस्कृतिकमा मञ्चमा झुल्कँदै पहिलो पटक गाए– ‘ओ झुमा झुम्कावाली…’ । आफ्नै थातथलोको स्वादलाई सम्बोधन गरेको गीत पाएपछि दर्शकश्रोताहरूले नाचेर साथ नदिने कुरै भएन । भीड नियन्त्रण गर्न प्रहरीलाई सकस पर्‍यो ।
12376209_1022174204470186_6457467923013466631_n
यतिसम्म कि नाच्दानाच्दै खलबलिएको दर्शकदीर्घालाई पूर्वस्थितिमा फर्काउन प्रहरीले लाठी चार्ज नै गर्नुपर्‍यो । यसपछि प्रमोदले ‘मबिना कसै कसैलाई…’, ‘उसले जति माया दिए पनि…’ सहित नौ गीत प्रस्तुत गरे । महोत्सवमा बुधबार दर्शकश्रोताको उपस्थिति उल्लेख्य थियो । आयोजक उद्योग वाणिज्य संघका अनुसार दस हजारभन्दा बढी महोत्सवमा थिए । धनगढीका संगीतपारखीहरूबाट आफू निकै हौसाएको प्रमोदले सुनाए । उनी भन्दै थिए, ‘मैले यतिका धेरै दर्शकश्रोतालाई नचाउन अहिलेसम्म पाएको थिइनँ । यो मेरो सौभाग्य हो ।’ यसपछि उनले ‘एउटा फोटो लिन्छु है’ भन्दै आफ्नो स्मार्ट फोन झिकेर क्लिक गरे दर्शकश्रोतातिर । एक घण्टाको प्रस्तुतिमा उनले स्टेज छोड्दा पनि दर्शकश्रोताहरूले पिछा गर्न छोडेनन् । प्रहरीले स्टेजको आपत्कालीन ढोकाबाट गायकलाई निकाल्दै लगे ।
12346533_1022174247803515_8817699257028082926_n 

Tuesday, October 6, 2015

Hike for Nepal, conducted at the Richmond Park, London.


London, October 5, 2015- Hike for Nepal, a campaign run by a group of travel entrepreneurs from Nepal to promote tourism in Nepal on aftermath of recent major earthquakes, conducted an event on Monday at the Richmond Park, London. Despite the challenging weather around 40 participants from diverse age-groups took part in the event.
Mr Kul Acharya, a business entrepreneur, social activist and former president of NRN-UK was the chief guest of the event.

 Speaking at the event Mr. Kul Acharya Said, “I am happy to be the part of Hike For Nepal campaign which aims to revive tourism in Nepal after the recent major earthquakes. Tourism is essentially a back bone of Nepalese economy and such campaigns will help to spread positive message around the world”

“Hundreds of Nepalese from all over the world are travelling to Nepal to participate in Global conference of NRNA to be held on 14-17 October. I urge all the Nepalese around the world to plan their next holiday in Nepal & also encourage the fellow citizens of the respected countries to visit Nepal as Nepal is still safe and secure to travel and is  still amazingly beautiful as before”, he further added.

During the hike, participants walked through the trails of Richmond Park. They started off from the main entrance and went all the way to the Pen Pond and returned back to the starting point, a route that made for a 2 hours long hike. The group of Hikers was led by Mr. Suman Sharma who coordinated the Hike for Nepal-London event.

 “Through this campaign we are creating a common platform where hikers, nature lovers, and other interested people from diverse backgrounds can meet every weekend and take a hike together. People can share their ideas and experiences while hiking, and they can also use the event to help raise funds for social causes,” said Ganesh Sharma, chairperson of the campaign.

 “London’s event is our first international Hiking event and with such international campaigns we want to let the world know that Nepal is still a safe and beautiful travel destination and request everyone to plan their next holiday in Nepal which will eventually help Nepal to recover from the effects of recent major earthquakes”, Sharma added.

Hike For Nepal has successfully conducted 11 events in different hiking trails of Kathmandu valley so far with participation of more than 900 individuals including 90 foreigners and now it is expanding its campaign reach in countries Like, United Kingdom, Malaysia, Sweden etc.

Hike for Nepal is forming an international hikers’ coalition in different countries to raise funds that will go towards promoting tourism, supporting communities and protecting the environment. The next international hiking event will be at Stockholm, Sweden on 17th of October. 

























Saturday, October 3, 2015

माटोको ढिस्कोले पुरिएर ६ जनाको ज्यान गयो २ को अवस्था गम्भीर


कर्ण कुँवर
टीकापुर, १५ असोज
कैलालीको मध्यवर्ती दोदोधरा गाविस वडा नं.–७ कट्टीपुरमा आज साँझ करिव ५ बजे मोटोको ढिस्कोमा पुरिएर ६ जनाको मृत्यु गएको छ भने दुईको अवस्था गम्भीर रहेको छ । 

माटोको ढिस्कोमा पुरिएर मृत्यु हुने सबै १० वर्ष मुनिका बालबालिका रहेका छन् । 

इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लका अनुसार माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेहरूमा दोदोधरा गाविस वडा नं.–७ कट्टीपुरका ६ वर्षीया ननिता न्यौपाने, दीपक प्याकुरेल, ७ वर्षीय सुशान्त सुनार, किरण सुनार, ९ वर्षीय मैंया भनिने सुमिता सुनार १० वर्षीय सीता प्याकुरेल रहेका छन् । मृतक सुमिता र सुशान्त दिदी भाइ हुन् । 


त्यस्तै सीता, दीपक, सुशान्त र समिता स्थानीय वालकन्या निम्न माध्यमिक विद्यालय कट्टीपुरका विद्यार्थी हुन् भने नमिता न्यौपाने सन राइज इग्लिश बोर्डिङ्ग स्कुल सडकपुर बोीनयामा अध्ययनरत थिइन् । 


ढिस्कोमा पुरिएर सोही गाउँका ३० वर्षीया जमुना खतिवडा र ३५ वर्षीया रत्ना खतिवडाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि उनीहरूलाई नेपालगञ्ज रिफर गरिएको छ ।


दशैंका लागि घर लिपपोत गर्ने माटो ल्याउन गएका उनीहरूको माटो झिक्दै गर्दा ढिस्कोमा पुरिएर ज्यान गएको हो ।
ढिस्कोले पुरिएपछि स्थानीय वासिन्दाले उद्दार गरी स्थानीय वर्दगोरिया अस्पतालमा ल्याइ पु¥याएका थिए । अस्पताल ल्याउँदै गर्दा उनीहरू सबैको बाटो मै ज्यान गइसकेको अस्पतालले जानकारी दिएको छ ।

Monday, September 14, 2015

फुजैराह यूएईमा 'तिज उत्सब' कार्यक्रम भब्यताका साथ सम्पन्न

मान बहादुर के शी 'मुस्कान' यूएई ,

नेपाली नारीहरुको महान चाड हरीतालीका तिजको अवसरमा समाज सेवी रतन थापाको आयोजकत्वमा 'तिज उत्सब' कार्यक्रम शुक्रबार मिडिया सेन्टर हल फुजैराहमा भब्यताका साथ सम्पन्न भएको छ ।  
तीज उत्सब कार्यक्रम फुजैराहका संयोजक बिष्णु अधिकारीको सभापतित्व तथा एनआरएनए यूएईका अध्यक्ष सुदिप कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा अन्य अतिथिहरुमा एनआरएनए फुजैराहका अध्यक्ष कृष्ण गिरी, तीज उत्सब कार्यक्रमका बिशेष सहयोगी देब बि.क., कास्की आदर्श सेवा समाजका प्रतिनिधि शेखर शुब्बा, सुदूरपश्चिम सेवा समाज यूएईका केन्द्रिय सदस्य डम्बरराज जोशी, पाल्पाली समाज फुजैराह क्षेत्रीय समितिका अध्यक्ष ईन्द्र धर्तिमगर, नेपाल मगर संघका अध्यक्ष देवासी राना, नेवा पुचका अध्यक्ष लक्ष्मण बलामी, उपस्थित रहनु भएको थियो

दर्शकहरूको भिडले खचाखच भरिएको हलभित्र राष्ट्रिय गानबाट शुरु भएको सांगितिक कार्यक्रममा नेपालबाट राष्ट्रिय कलाकारहरु चर्चित नायक आर्यान सिग्देल, चर्चित नायिका रेखा थापा, नायक तथा संचारकर्मी श्याम अर्याल, लोकदोहोरी गायक पर्शुराम रिजाल, लोकदोहोरी गायिका मिना अधिकारी, हास्यँ कलाकार किशोर भण्डारी 'डिट्ठा साब' रेश्मा तिमील्सैना 'बुनु मैचा'को बिशेष उपस्थिती रहेको थियो । 

समाज सेवी शिवलाल जैशीले उपस्थित अथिति तथा दर्शकहरुलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए, भने कार्यक्रममा चर्चित नायक आर्यन सिग्देलको हातबाट नेपाली कलाकार समुह यूएईको उद्घाटन भएको थियो, ने.क.स.को उद्घाटन पछि बोल्दै नायक आर्यन सिग्देलले ने.क.स. यूएईमा मात्र सिमित नरहोस् विश्वभरी नै छावोस् भन्ने जिज्ञासा राख्दै सबै नेपाली दाजुभाई तथा दिदी बहिनिहरु एकजुट भएर कला सांस्कृतिक जोगाउनु पर्छ भन्ने कुरामा जोड दिनु भएको थिए ।  

कार्यक्रममा नेपालबाट आउनु भएकी लोकदोहोरी गायिका मिना अधिकारीले जाड खाने पोई, गोलभेडाको चटनी, आधा उम्मेर ढल्कियो मनमा आगो सल्कियो जस्ता गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिदै नचाउनु भएको थियो । त्यस्तै पर्शुराम रिजालले रेखा थापाको लागि लेखेको गित गाएर दर्शकको ध्यान आफु तिर खिचेका थिए । 

उक्त कार्यक्रमको प्रमुख आकर्षण रहेकी चर्चित नायिका रेखा थापाको नाम लिने बित्तिकै पुरै हल सिटी र तालीले गुन्जिएको थियो, रेखा थापा स्टेजमा प्रबेश गरिन् र युएईमा नेपालीहरुको मिलोमतो र कला सांस्कृतिक प्रतिको माया देखेर सार्है खुशी भएको बताईन, उपस्थित दर्शक रेखा थापाको नृत्य हेर्न उत्सुक हुँदै थिए, उनले भने सुरिलो स्वरमा गीत गाईन् । धेरै दर्शकहरुले उनको आवाज मन पराए, तर उनको नृत्य हेर्न चाहनेहरुको अनुहारमा निराशा छर्लङ देखिएको थियो । 

हाँस्य कलाकार किशोर भन्डारी 'डिट्ठा साब' र रेश्मा तिमिल्सिना 'बुनु मैचा'ले दोहोरो अर्थ लाग्ने खालका बिषय बस्तु समेटेर भए पनि व्यङ्य प्रस्तुत गर्दा उपस्थित दर्शकहरु पेट मिची मिची हाँस्नु वाध्य भएका थिए । 

स्थानीय कलाकारहरुमा मान बहादुर के.सी. 'मुस्कान'ले 'राई झुमा झुमा क्या मस्क्याकि छव' देउडा गीत गाएर उपस्थित दर्शकहरुलाई बेग्लै अनुभब गराउदै साथमा गाउँन लगाएका थिए भने अन्य कलाकारहरुमा हरि डुम्रे, अर्जुन न्यौपाने, अम्मर सुनार, अमित अक्षित, नेत्र सुनुवारको गायन प्रस्तुती रहेको थियो तथा सुरज बिबश गैर्हेले गजल बाचन, देब न्यौपानेले माग्ने बुढाको कमेडीको प्रश्तुती राखेका थिए, हरि डुम्रेले गीत गाउदै स्टेजबाट तल उफ्रिदै दर्शकहरु माँझ आएर सबैलाई नचाउनु सम्म भ्याएका थिए, त्यसैगरी नृत्यमा शिव क्षेत्री, रेनु रिजाल र हिरा तामाङले कम्मर मर्काउदै सबैलाई छमछमी नचाएका थिए । उपस्थित सम्पूर्ण तीज उत्सबको अवसर पारेर यसरी भेटघाट गरी नाच्न र गाउँनु पाउँदा निकै उत्साहित देखिएका थिए ।
नेपाली कलाकार समुह यूएईले कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरुलाई खादा ओढाई सम्मान पत्र प्रदान गरेको थियो ।   

उक्त कार्यक्रममा उपस्थित मध्य एक जना लाई मालबार गोल्डको तर्फबाट ६० हजार बराबरको हिराको औंठी उपहार राखिएको थियो, कार्यक्रमको लगभग अन्तिम चरणमा नायिका रेखा थापाको हातबाट खोलिएको भाग्यशालि चिट्टा उपहार धादिङ जिल्ला सेरदुन निवासी जिरिमाया तमाङलाई परेको थियो, उक्त औठी रेखा थापाले आफ्नै हातेले स्टेजमै भाग्यशालिको हातमा लगाई दिनु भएको थियो । 
दुई चरणमा सम्पन्न भएको औपचारिक कार्यक्रमलाई मनु क्षेत्री र सांस्कृतिक कार्यक्रमलाई गायक हरि डुम्रेले संचालन गरेका थिए । 














Wednesday, September 9, 2015

टीकापुर घटनामा संलग्न लक्ष्मण थारु पक्राउ

कैलालीको टीकापुर घटनामा संलग्न भएको आरोपमा प्रहरीले लक्ष्मण थारुलाई पक्राउ गरेको छ । प्रहरीले भैरहवाको लुम्बिनी रोडबाट थारुलाई पक्राउ गरेको हो । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य देवी चौधरीको घरबाट थारुलाई प्रहरीले पक्राउ गरेको संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादवले जानकारी दिनुभयो । यसैबीच, कैलालीको टिकापुरमा १७ दिनदेखि लागिरहेको कर्फ्यु आज ६ घण्टाका लागि खुला गरिएको छ । हिजो ५ घण्टा हटाइएको कर्फ्यु आज ६ घण्टा खुलाइएको हो । लगातारको कर्फ्युले जनजीवन कष्टकर बनेपछि स्थानीय प्रशासनले कफ्र्युको समय घटाउन थालेको जनाएको छ । कर्फ्यु हटेपछि बजारमा किनमेल गर्नेको भिड लागेको छ । धनगढीमा आज पनि तीनघण्टा मात्रै कर्फ्यु लाग्ने भएको छ । दिउँसो १२ देखि ३ बजेसम्म कर्फ्यु लगाउने स्थानीय प्रशासनको तयारी छ । वीरगंजमा पनि अहिले ९ देखि दिउँसो १ बजेसम्म कर्फ्यु हटाइएको छ । ९ दिनदेखि कर्फ्यु लागिरहँदा जनजीवन कष्टकर हुँदै गएकाले विस्तारै कर्फ्यु हटाउँदै लगेको स्थानीय प्रशासनले जनाएको छ ।

आन्दोलन होईन सुरक्षाकर्मीमाथि नियोजित आक्रमण भएको हो

IMG_20140919_081622.jpgटिकापुरमा भएको नरसंहारमा सुरक्षाकर्मी र दुई बर्षका नाबालकको क्रुर हत्या गर्नेहरु आन्दोलनकारी नभएर आतंककारी हुन, यो अति निन्दनीय घटना हो, यसको जति निन्दा गरेपनि कमै हुन्छ । कैलाली जिल्लामा सम्पूर्ण थारु र पहाडी समुदायहरु वर्षौं देखि शान्तिपूर्ण रुपमा मिलेर बसेका थिए, जिउदाको जन्ती जान्थे मरेको मलामी जान्थे, केहि दिन पहिले टिकापुर पुगेर भड्काउ भाषण दिदै सोझा साझा मिलेर बसेका जनताहरुलाई उक्साउने काम गर्नु मुख्य भूमिका निर्बाह गर्ने उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले सरकारलाई समेत चुनौती दिदै सक्छौ भने गिरफ्तार गरेर देखाउ भनेका थिए, सबै भन्दा पहिले तिनिहरुलाई राष्ट्रघाती र देशद्रोहीको मुद्दा चलाएर गिरफ्तार गरियोस् ।

यस्ता नेताहरुलाई टिकापुरको सुख दु:ख सँग कुनै चासो छैन खालि सोझा साझा मिलेर बसेका जनताहरुलाई भड्काएर एक आपशमा झगडा गराउदै आफ्नो स्वार्थ लुट्ने काम मात्रै हो । यदि यि नेताहरुलाई नेपाली जनताको त्यति माया थियो र छ भने किन नेपालमा बिनाशकारी महाभुकुम्प जस्तो बिपत्ती आई पर्दा अाफ्ना भडौतेहरुलाई उद्दार गर्ने कार्यमा पठाएनन् ? किन दार्चुल्ला जिल्लाको महाकाली नदिमा आएको भीषण बाढिले हजारौ बेघर हुँदा र करोडौको क्षति हुँदा यिनका भडौतेहरु उद्दार कार्यमा खटिएनन्? किन सिन्धुपलान्चोकमा पहिरोले सर्वस्व गुमाएकाहरुको उद्दार कार्यमा लागेनन्? केही समय पहिले कैलालीमा आएको बाढीले बिनाश गर्दा कहाँ थिए यस्ता भड्काउ भाषण गर्ने नेता र यिनका कुरा सुनेर जघन्य अपराध गर्ने कार्यकर्ताहरु? यस्ता अनेका अनेक उदाहरणहरु छन, आफ्नै देश भित्र एक आपशमा मिलेर बसेका सोझा आझा जनताहरुलाई यसरी लडाउनु भडौते लगाउनु भन्दा दिन प्रतिदिन देशको सिमाना मिचिदैछ त्याहा गएर देशको सिमाना बचाउनु आन्दोलन गरुन नालापानी कालापानी जस्ता अनेक ठाउँबाट देशको सिमाना मिचिएको छ, त्यहा किन आन्दोलन गर्दैनन यिनिहरुले? आन्दोलनमा ज्यान गुमाउनेलाई ५० लाख दिने घोषणा गरेकाछन्, कहाँ बाट आउन्छ पैशा? कसले दिन्छ पैशा? साच्चै ५० लाख दिने हुन भने भुकुम्प पीडित एक परिवारलाई १ लाखको हिसाबले दिदा पनि कति राहत हुन्थ्यो होला?  

सभासद रामजनम चौधरीले भनेका छन प्रहरीले गोली चलाएपछि हामीले परिस्थितिलाई थेक्न सकेनौँ, थारु समुदायका झण्डै ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारीहरु रिसाए, त्यसपछि कसैले सम्हाल्न सक्ने अबस्था रहेन, र दोहोरो भीडन्त भएको हो ।  

प्रहरीले साच्चै गोली चलाएको भए थारु समुदायका झण्डै ८/१० हजारको संख्यामा रहेका आन्दोलनकारीहरु बाट हजारौ घाईते हुन पर्ने या गोली लागेर मारिनुपर्ने? तर प्रहरी मात्र कसरी मारिए? प्रहरीका २ बर्षका नाबालकको घरमै गएर किन निर्मम हत्या गरियो? ति नाबालक के दोष थियो? उनी एक अशल सुरक्षाकर्मीका छोरा थिए? बुबा सुरक्षाकर्मी भएकै कारण कर्तव्यपालनका लागि खटिएका थिए, नाबालकको ज्यान लिएर आतंककारीले के पाए? यसको जवाफ भड्काउ भाषण दिने ति नेताहरु सँग छ? तरबार, भाला, बन्चरो, लाठी, रड, गुलेली आदी इत्यादी घरेलु हतियारहरु बोकेर पनि कहि शान्तिपूर्ण आन्दोलन हुन्छ? यस्तो निन्दनिय घटना घट्दा पनि सभासदबाट आएको यो अभिब्यक्तिले साेझा साझा जनताहरुलार्इ भड्कायर अझै बलेको आगोमा घिउ थप्ने काम भएको छ, सभासदले दिएको अभिब्यक्ति सरासर झुठो हो । आन्दोलनका मुख्य नाईके भनाउदा नेताहरुले यि प्रश्नको जवाफ दिन सक्छन्?? त्यसैले ठोकुवा गरेर भन्न सकिन्छ यो आन्दोलन नभएर सरासर नियोजित आक्रमण हो, अातंककारी घटना हाे । चरी र घैटेँ जस्ता गुण्डाहरु मारिँदा बुर्लुक्क उफ्रिदै सडक र संसदमा आवाज उठाउने नेताहरु टिकापुरको निन्दनीय घटनाका बारेमा किन चुप लागेर बसेका छन? प्रहरीका २ बर्षका नाबालकको घरमै गएर किन निर्मम हत्या भएको छ यो कुरामा ध्यान दिएर अपराधी लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ ।

कुरा प्रस्ट छ यि सबै देशद्रोही हुन, पुर्बी तराईमा गएर एक मधेस प्रदेशको कुरा उठाएर भड्काउ भाषण गर्छन्, पश्चिम तराईमा पुगेर थारुवान राज्यको कुरा उठाउदै भड्काउ भाषण गर्ने जातीय र क्षेत्रीय हिंशा भड्काउन खोज्ने त्यति मात्र नभएर सरकारलाई समेत चुनौती दिदै सक्छौ भने गिरफ्तार गरेर देखाउ भन्ने यि जिम्मेवार नेताहरुलाई समयमा नै सरकारले लगाम लगाउनु पर्थ्यो । यस्ता राष्ट्रघाती देशद्रोही नेताहरुलाई नेपालका सोझा साझा जनताहरुको दु:ख सुख सँग केहि चासो छैन खालि मिलेर बसेका समाजका मान्छेलाई भड्काएर आफ्नो राजनीति बाटो बनाउने र स्वार्थ लिने काम मात्रै हो ।      
भोलिका दिनमा मधेसवादी नेताहरुले टिकापुर लाई भारत सँग मिलाउनु पर्छ भन्दै आन्दोलन र आक्रमण गर्‍यो भने के सरकारले यिनिहरुको माग पुरा गर्छ? ७५ जिल्लामै नै प्रदर्शन र आन्दोलन हुन सक्छ? के सरकारले ७५ जिल्लालाई नै ७५ राज्य बनाउनु सक्छ?

त्यसैले बुझ्नु पर्ने कुरा के छ भने भारतीय समर्थनमा देश टुक्र्याउने उद्देश्य लिएर आन्दोलन गरि रहेका मधेसवादी नेताहरुले तरार्ईका सोझा साझा थारु समुदाय र आम जनताहरुलाई हतियार बनाएर थरुहट आन्दोलनका समर्थक बनेको नाटक गरेर देश टुक्र्याउने रणनिती बनाउदैछन, तर थारु समुदाय र तराई बाशी सोझा साझा जनताहरुको देश टुक्र्याउने कुनै उद्देश्य छैन । थारु समुदायमा पनि धनी गरीब सबै छन्, हक र अधिकारको लागि नै आन्दोलन हो भने यो भन्दा पहिले किन गरिएन? थारुवान राज्य बनाएर मात्रै थारु समुदायले हक र अधिकार पाउन्छन भन्ने केहि ग्यारेन्टि छ? देश टुक्र्याउने सोच राखेका मधेसवादी नेताहरुले बाहिरबाट आएका भडौतेले र समाजका केहि अपराधिक कृयाकलापमा सङ्लग्न भएका ब्यक्तिहरुले गर्दा टिकापुरमा घटेको दु:खद घटनाले अहिले आएर पुरै थारु समुदाय लज्जित र बदनाम हुन पुगेको छ, म पनि थारु समुदायको बाहुल्यता रहेको गाउँमा बस्ने मान्छे हुँ । जहाँ सम्म मलाई लाग्छ त्यहाका गरीब सोझा साझा थारुहरुलाई भड्काउ भाषण गर्दै लोभ लालच देखाएर उक्साएर यस्तो जघन्य घटना घटेको हो ।

उक्साउने र भड्काउने ले भड्काए समाजमा मिलेर बसेकालाई साम्प्रदायिकता फैलाउदै हिंसात्मक आक्रमण गरेर गए, सरकारले आक्रमणकारी हत्याराहरुलाई खोजबिन गरी कडा भन्दा कडा कारबाही गर्नु पर्छ । गरीब र निमुखा थारुको हक अधिकारका लागि कोही पनि लागेका छैनन् खाली सोझा साझा थारु समुदायका जनताहरुलाई हतियार बनाएर आफ्नो राजनीतिक बाटो बनाउदैछन् । जाती धर्म जे भए पनि हामी नेपालीहरुले सबै भन्दा पहिले हामी नेपाली हौं, नेपाल रहे पछि जाति धर्म र क्षेत्र रहनेछ, भन्ने कुरा बुझ्न जरुरी छ । सुरक्षाकर्मी होस् या आन्दोलनकारी होस् मर्ने नेपाली नै हुन । 

त्यसैले अब बिगतमा जे भयो भुलेर टिकापुर बाशी थारु समुदाय पहाडी समुदाय जाती धर्म जे भए पनि सबै जनजाती संयम र सद्भावलाई कायम राख्दै शान्तिपूर्ण ढंगले मिलोमतो गर्दै एकजुट भएर आई परेका बेला दु:ख सुखमा साथ दिदै अघाडि बढ्नु पर्दछ ।

मान बहादुर के.शी. ‘मुस्कान’

लेखक देउडा गायक तथा सुदूर पश्चिम सेवा समाज यूएई र अन्तरराष्ट्रिय कलाकार मन्च यूएई का महासचिब हुन । 

Sunday, August 23, 2015

सुदूरपश्चिम सेवा समाज युएईको गौरा पर्ब कार्यक्रमको तयारी अन्तिम चरणमा

मान बहादुर के.शी. ‘मुस्कान’ यू.ए.ई.


byanar.jpg

आगामि ४ सेप्टेम्बर २०१५ शुक्रबारका दिन नेपाल भन्दा बाहिर कुनै पनि देशमा पहिलो पटक बरदुबईको एभरेष्ट होटलमा सुदूरपश्चिम सेवा समाज युएईले गौरा पर्ब मनाउनका साथै युएईमा कार्यरत सुदूरपश्चिमबाशी स्थानीय कलाकारहरुको प्रस्तुतिमा बिबिध सांस्कृतिक कार्यक्रम  देउडा खेल र नाचगान गर्ने भएको छ । 
   कार्यक्रम भब्यताका साथ सफल पार्नु २१ अगस्त २०१५ शुक्रबारका दिन संस्थाका अध्यक्ष शिव राज जैशीको सभापतित्वमा City Life Tourism L.L.C.मा बसेको बैठकले संस्थाका उपाध्यक्ष जयराज जोशी सयोजकत्वमा कामको जिम्मेवारी बाडफाट गरेको छ ।

   सांस्कृतिकको जिम्मा संस्थाका महासचिब तथा देउडा गायक मान बहादुर के.शी. 'मुस्कान' र संस्थाका सल्लाहाकार लक्ष्मण अधिकारीलाई दिएको छ, व्यवस्थापनको जिम्मा संस्थाका सदस्य धन खड्काको टीमलाई दिएको छ, बिरुडा बनाउने जिम्मा संस्थाकि कोषाध्यक्ष टिकेश्वरी भण्डारी बोगटीको टीमलाई दिएको छ भने कार्यक्रम सन्चालनको जिम्मा संस्थाका सल्लाहाकार लोकेन्द्र बहादुर बमलाई दिएको छ ।

    अन्य विभिन्न समाजका सांस्कृतिक कार्यक्रम भन्दा सुदूरपश्चिम सेवा समाज युएईले मनाउन लागेको गौरा पर्व एक बेग्लै खालको कार्यक्रम हो । २ जनवरी २०१५ का दिन गठन भएको सुदूरपश्चिम सेवा समाज युएईले स्थापना भएको छोटो अबधीमा नै बिभिन्न प्राक्रितिक बिपत्तीहरूमा मानबिय सहयोगको कार्य गर्दै एक बेग्लै पहिचान बनाउनु सफल भएको छ ।

   युएईमा कार्यरत सुदुरपश्चिम बाशीहरुलाई समेटेर एक स्वतन्त्र, गैरराजनीतिक र गैर नाफामुलक संस्थाको रुपमा गठन गरिएको सो संस्थाले यूएईमा रहेका नेपालीहरुलाई अाईपर्ने समस्या र नेपालमा हुने प्राक्रितिक प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सक्दो सहयोग गर्दै आएको छ र आउँदा दिनमा पनि सधैं बिपत्तीहरुमा सक्दो सहयोग गरी रहने संस्थाका महासचिब तथा देउडा गायक मान बहादुर के.शी. 'मुस्कान'ले बताए ।

     नेपाल भन्दा बाहिर यूएईमा पहिलो पटक बिशु तिहार र नयाँ बर्षको शुभकामना आदान प्रदान सँगै बनभोज कार्यक्रमको आयोजना गरी देउडा खेल खेलेर यूएईमा कार्यरत नेपालीहरु माँझ एक बेग्लै खालको मनोरन्जन पस्कि सकेको सुदूरपश्चिम सेवा समाज युएईले सोहि कार्यलाई निरन्तरता दिदै गौरा पर्ब मनाउने भएको छ ।   

     गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । गौरा पर्व भाद्र शुक्ल को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । गौरा पर्वको पहिलो दिन गौरापर्व मनाउने समुदायका महिलाहरूले निराहार रही आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुडा' अर्थात् पाँचथरीका गेडागुडी भिजाउने गर्छन् । गौरापर्वमा व्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गरिन्छ। बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउने मात्र नभई यस वर्षमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ । 

     सुदूरपश्चिम सेवा समाज यूएईले रोजगारिको शिलशिलामा युएईमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई ४ सेप्टेम्बर २०१५ शुक्रबारका दिन गौरा पर्ब कार्यक्रममा सहभागी भएर बेग्लै खालको अनुभब लिदै, बिरुडा प्रसाद ग्रहण गर्दै कार्यक्रम भब्यताका साथ सफल पारी दिन अनुरोध गरेको छ ।

2.jpg

1.jpg


एनआरएनए फुजैराह क्षेत्रीय समितिको अधिवेशन भब्यताका साथ सम्पन्न

मान बहादुर के.शी. ‘मुस्कान’ यू.ए.ई.
  

गैर आवासीय नेपाली संघ (एनआरएनए) फुजैराह क्षेत्रीय समितिको अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) फुजैराह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गिरीको सभापतित्वमा र गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष सुदिप कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न सो अधिवेशनले आगामी कार्यकालका लागि पुनह कृष्ण गिरीको नेतृत्वमा नयाँ कार्यसमितीको पनि चयन गरेको छ ।

त्यस्तै अन्य अतिथिहरुमा नेपाली कला केन्द्र यूएईका उपाध्यक्ष शिव क्षेत्री, प्रबाशी नेपाली मन्च राष्ट्रिय समितिका उपाध्यक्ष गिरमान थापा,सुदूरपश्चिम सेवा समाज यूएईका केन्द्रिय महासचिब तथा देउडा गायक मान बहादुर के.शी. 'मुस्कान', पाल्पाली समाज फुजैराह क्षेत्रीय समितिका अध्यक्ष ईन्द्र धर्तिमगर, नेपाल मगर संघका अध्यक्ष देवासी राना, नेवा पुचका अध्यक्ष लक्ष्मण बलामी, फुजैराहका सबै भन्दा बरिश्ट ब्यक्ति बृहस्पती पन्डित, निर्वाचन संयोजक उपेन्द्र राना मगर उपस्थित रहनु भएको थियो ।  

फुजैराहवासीहरुको बाक्लो उपस्थिति रहेको उक्त अधिवेशनको उद्घाटन प्रमुख अतिथी गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष सुदिप कार्कीले मोम बत्ती बालेर गरेका थिए | 

संस्थाका उपाध्यक्ष शिवलाल जैशीले उपस्थित अतिथि तथा सहभागीहरुलाई छोटो मिठो स्वागत मन्तब्य दिदै एन.आर.एन.ए.ले बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बाशी नेपालीहरुका समस्यामा सधैं सहयोग गर्दै आएको र आउँदा दिनहरुमा पनि समस्या अाई पर्दा समाधान गर्नुका लागि तत्पर रहने छ भन्ने भावना प्रकट गर्नु भएको थियो ।

त्यसै गरि सो कार्यक्रमका प्रमुख अतिथी गैर आवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष सुदिप कार्कीले बोल्दै आज सम्म यूएईमा धेरै अधिबेशनमा गयता पनि फुजैराहमा जस्तो बाक्लो उपस्थिती अन्य ठाउमा देख्न नसकेकोले फुजैराह बाशी नेपालीहरुको एकता देखेर आफु सार्है खुशी भएको जिज्ञासा राख्दै समाजप्रति फुजैराहबाशी नेपालीहरुको योगदानको खुलेरै प्रशंसा गर्नु भएको थियो ।   

अन्य बक्ताहरुमा बिष्णु अधिकारीले हामी पूर्व मेची देखी पश्चिम महाकाली सम्म जुन ठाउका बासिन्दा र जाती धर्म जे भए पनि सबै नेपाली भएको हुनाले फुजैराहमा कार्यरत सम्पूर्ण नेपालीहरु सधैं यसरी नै एक आपसमा मिलेर समस्या परेकालाई सहयोग गर्दै एकजुट भएर अघाडि बढ्नुका साथै अन्य क्षेत्रमा कुनै पनि समाजमा पदका लागि चुनाव प्रकिर्या हुने एकै पदको लागि अनेका-अनेक उम्मेदवारले दाबी गर्ने तर फुजैराहमा त्यस्तो किशमको कुनै पदको लागि लालच गर्ने प्रवृत्ति नभएको हुनाले सदा यसरी नै एकजुट भएर हातेमालो गर्दै अघाडि बढ्ने कुरामा जोड दिनु भयो, भने आउँदै गरेको तीजको शुभ अबशरमा ११ सेप्टेम्बरका दिन आयोजना गरेको 'तीज उत्सब' कार्यक्रमलाई पनि भब्यताका साथ सफल पार्नु आग्रह गर्नु भयो । 

त्यस्तै कार्यक्रममा बोल्दै अधिबेशन पर्तिनिधी मनु क्षेत्रीले फुजैराहमा सम्पूर्ण नेपालीहरुको एकता मिलोमतो यस्तै रही रहोस् र नयाँ कार्य समितिले अझै जोश र जागरका साथ काम गरोस भन्ने जिज्ञासा राख्नु भएको थियो । 

एनआरएनए फुजैराह क्षेत्रीय समितिका अध्यक्ष कृष्ण गिरीले एनआरएनए फुजैराहको प्रगति बारेमा छर्लङ पार्दै वार्षिक प्रतिबेदन पेश गर्दै एनआरएनए फुजैराहले गरेका उल्लेख्निय कार्यहरुमा राजदुताबास बाट एम.आर.पि. पासपोर्ट बाट्न फुजैराहमा नै ब्याबस्ता मिलाएको, गत बैशाख १२ मा आएको महा बिनाशकारी भुकम्पका कारण भएको जन धनको क्षति पुर्तीका लागि फुजैराह बाट १ लाख ७१ हजार आर्थिक सहयोग गरेको, केहि दिन पहिले फुजैराहमा कार्यरत आफ्नो मालिकबाट उत्पीडित हुँदै सार्है दु:ख सहदै आएकी नेपाली चेली निरु दर्जीलाई राजाराम खनालले आपतमा परेको खबर पाएर संस्थाका अध्यक्ष कृष्ण गिरीलाई खबर गरी घरबाट उद्दार गरेर फुजैराह ल्याएर सागर लुईटेल र अमृत आले मगरले राजदुतावासमा पुर्‍याउने जस्ता मानबिय कार्यहरु गरिएको विवरण दिनु हुँदै फुजैराह बाशी नेपालीहरुले एनआरएनए फुजैराहलाई सहयोग गरेकोमा हार्दिक आभार प्रकट गर्दै आउँदा दिनमा पनि नयाँ कार्यसमितिले यस्तै सहयोग पाउने आशा राखेको बताउनु भयो । 

त्यस्तै एक महिना पहिले आगलागी बाट पुरै सामान जलेर नस्ट भई अलपत्र परेकी तीन जनि नेपाली चेलीलाई सोहि अधिबेशनमा उपस्थित सम्पूर्णले आफुले सक्दो सहयोग गरेर जम्मा नेपाली रुपैया ४३,८६५ ( तिरचालिश हजार आठ सय पैसट्ठी ) राहत स्वरुप पीडिताको हातमा नै बुझाएका थिए ।    
उक्त कार्यक्रमको संचालन संस्थाका सचिब शेर सुनार ले गर्नु भएको थियो । 

अध्यक्ष कृष्ण गिरीको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको नयाँ कार्यसमिति चयन भएको छ ।

अध्यक्ष श्री कृष्ण गिरी
उपाध्यक्ष श्री बिरेन्द्र खड्का
सचिव श्री शेर सुनार
सह-सचिव श्री यम बहादुर खत्री
कोषाध्यक्ष श्री शंकर महर्जन
सदस्यहरुमा 
श्री डोलराज न्यौपाने
श्रीमति ओम कुमारी बयम्बु 
 श्री उत्तम थापा
 श्री रामशरण अधिकारी
 श्री बुद्धी सागर लुइटेल
 श्री नारायण श्रेष्ठ
 श्री नेत्र हरी सुनुवार
 श्री कृष्ण भट्ट
 त्यस्तै सल्लाहाकारहरुमा 
श्री शिवलाल जैशी
 श्री खुम मगर
 श्री शिव क्षेत्री
 श्री आत्माराम राई 
श्री हरी प्रशाद ढकाल रहनु भएको छ ।

1.jpg2.jpg3.jpg5.jpg9.jpg10.jpg11.jpg4.jpg6.jpg8.jpg